Page:Munamadan.pdf/18: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
<ref group="" | <ref group="✮" name="p7"> | ||
क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी, | |||
भीषण काली क्रोधमा तर, | |||
नङ र चुच्चो लोहित हुँदी आँधीको भुमरी ! | |||
कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका | |||
अत्तर बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलका, | |||
सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा, | |||
देखेर मदन गदगद हुन्थे विचित्र मिठासमा, | |||
मिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवमा, | |||
चाञ्चल्यको नै आनन्दस्वरुप फुर्केको रहरमा, | |||
इन्द्रेनीराज्य फुलारु बाक्ला जङ्गल नाघेर | |||
मदन चढे पर्वत ऊँचा हिमालमा लागेर, | |||
पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल, | |||
काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल, | |||
दिनले लिँदा पहिलो झुल्को सगरमाथामा, | |||
उषाले बाल्थिन् लखबत्ती-चुह्ली सुनौला ज्वालामा, | |||
एकान्त त्याहाँ शासन गर्थे साम्राज्य सेतोमा | |||
तपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा, | |||
बिहानी लाली घसेर आउँदा प्रथम गुलाफ, | |||
सृष्टिको पैह्लो ललित रङ्ग धम्काउँथ्यो रवाफ, | |||
मानिसलाई चुनौती दिने हिउँका टाकुरा | |||
डुबुवा दिनले छोएर बल्थे | |||
प्रकृति-मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ ! | |||
विशालताको रोमाञ्चकारी हिमाली स्वरुप, | |||
विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप । | |||
करुणाजस्तो कोमल निर्मल हिउँको कया छ, | |||
भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ । | |||
रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास, | |||
उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास । | |||
<ref> | <ref> | ||
</poem>}} | </poem>}} | ||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| | ||
<small> | <small> | ||
<references group=""/> | <references group="✮"/> | ||
</small> | </small> | ||
}} | }} | ||
</noinclude> | </noinclude> |
Revision as of 15:24, 7 March 2025
<ref group="✮" name="p7">
क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी,
भीषण काली क्रोधमा तर,
नङ र चुच्चो लोहित हुँदी आँधीको भुमरी !
कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका
अत्तर बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलका,
सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा,
देखेर मदन गदगद हुन्थे विचित्र मिठासमा,
मिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवमा,
चाञ्चल्यको नै आनन्दस्वरुप फुर्केको रहरमा,
इन्द्रेनीराज्य फुलारु बाक्ला जङ्गल नाघेर
मदन चढे पर्वत ऊँचा हिमालमा लागेर,
पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,
काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,
दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,
उषाले बाल्थिन् लखबत्ती-चुह्ली सुनौला ज्वालामा,
एकान्त त्याहाँ शासन गर्थे साम्राज्य सेतोमा
तपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा,
बिहानी लाली घसेर आउँदा प्रथम गुलाफ,
सृष्टिको पैह्लो ललित रङ्ग धम्काउँथ्यो रवाफ,
मानिसलाई चुनौती दिने हिउँका टाकुरा
डुबुवा दिनले छोएर बल्थे
प्रकृति-मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ !
विशालताको रोमाञ्चकारी हिमाली स्वरुप,
विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप ।
करुणाजस्तो कोमल निर्मल हिउँको कया छ,
भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ ।
रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास,
उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास ।
<ref>