Page:Munamadan.pdf/16: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
ती हस्तिहाडसरिका सेता, भोटेनी भरखरका, | |||
आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका । | |||
खौरेका शिर भोटेका गुरु, ती माला फिराई, | |||
गम्भीर चाला, गडेका आँखा अनौठा लगाई । | |||
'ॐ मणिपद्मे ॐ मणिपद्मे' भनेर हिँडेका, | |||
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका । | |||
त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा, | |||
ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा !<ref group="✮" name="p7"> | |||
✮हिमालको आकाश किनारापारि बुद्घको शीतल घाम | |||
सुनौला बादल नगरी जस्तो गन्धर्व-परी-ग्राम, | |||
विपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव, | |||
स्वर्गमा यात्रा गरे झैं चले बबाटाको बिर्सी ताप, | |||
ह्लासाको झल्के सुनका छाना उनका आँखामा, | |||
रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामा । | |||
दुधले न्वाउँथिन् भोटकी रानी, फुलमा सुत्त थिइन्, | |||
हिमालको हिउँसँगैमा स्पधौ छालाले गर्दथिइन्, | |||
गुलाफसँग दाँजिनुपथ्र्यो ऐनामा गाला रे । | |||
एक राज्य किन्ने गलामा उनको रत्नको माल रे । | |||
फुलको मह सहेली टिप्थे वागमा छानेर, | |||
मणिको प्याला उचाली प्यूँथिन् आनन्द मानेर, | |||
तरंग यस्ता हजारौ चले मदनका मनमा | |||
सुनेको माथि कल्पना लागी रंगिलो क्षणमा । | |||
बाटो त सार्हो यमालो ठाडो कहीँ छ बित्ते भीर, | |||
कहीँ छ डोरी टाँगेको पूल कहाली रिङ्ने शिर; | |||
पातलो उचाईं धप्काउँदो फोक्सो मुटुलाई फोरेर | |||
गरल लीला पर्वतमाथि पर्वत चढेर | |||
तपस्वीलाई निर्माणनिम्ति चढाई कठोर | |||
हजारौं सही भएझैं विफल कष्ट भो अघोर | |||
<ref> | |||
</poem>}} | </poem>}} | ||
<noinclude> | <noinclude> | ||
Line 7: | Line 35: | ||
{{rule}} | {{rule}} | ||
<small> | <small> | ||
<references group=""/> | <references group="✮"/> | ||
</small> | </small> | ||
}} | }} | ||
</noinclude> | </noinclude> |
Revision as of 15:20, 7 March 2025
ती हस्तिहाडसरिका सेता, भोटेनी भरखरका,
आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका ।
खौरेका शिर भोटेका गुरु, ती माला फिराई,
गम्भीर चाला, गडेका आँखा अनौठा लगाई ।
'ॐ मणिपद्मे ॐ मणिपद्मे' भनेर हिँडेका,
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका ।
त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,
ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा !<ref group="✮" name="p7">
✮हिमालको आकाश किनारापारि बुद्घको शीतल घाम
सुनौला बादल नगरी जस्तो गन्धर्व-परी-ग्राम,
विपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव,
स्वर्गमा यात्रा गरे झैं चले बबाटाको बिर्सी ताप,
ह्लासाको झल्के सुनका छाना उनका आँखामा,
रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामा ।
दुधले न्वाउँथिन् भोटकी रानी, फुलमा सुत्त थिइन्,
हिमालको हिउँसँगैमा स्पधौ छालाले गर्दथिइन्,
गुलाफसँग दाँजिनुपथ्र्यो ऐनामा गाला रे ।
एक राज्य किन्ने गलामा उनको रत्नको माल रे ।
फुलको मह सहेली टिप्थे वागमा छानेर,
मणिको प्याला उचाली प्यूँथिन् आनन्द मानेर,
तरंग यस्ता हजारौ चले मदनका मनमा
सुनेको माथि कल्पना लागी रंगिलो क्षणमा ।
बाटो त सार्हो यमालो ठाडो कहीँ छ बित्ते भीर,
कहीँ छ डोरी टाँगेको पूल कहाली रिङ्ने शिर;
पातलो उचाईं धप्काउँदो फोक्सो मुटुलाई फोरेर
गरल लीला पर्वतमाथि पर्वत चढेर
तपस्वीलाई निर्माणनिम्ति चढाई कठोर
हजारौं सही भएझैं विफल कष्ट भो अघोर
<ref>