Page:Munamadan.pdf/42: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
बज्रको झिल्का चड्केर गई आँधीको पुछार, | |||
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार । | |||
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ, | |||
औँसीको कालो आकाश-छाना घरको माथि छ । | |||
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो, | |||
अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो । | |||
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको, | |||
भुल्काले आँखा बाटुला लायो रुखमा भाँचेको । | |||
कलिलो रुख पिटिक्क भाँचेको । | |||
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला; | |||
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ? | |||
हा कठैबरी ! भिजेका परेला ! | |||
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा, | |||
बुहारी मूच्र्छा इन्तु-न-चिन्तु माथिको तलामा, | |||
ती मुना कठै ! नीली भै पलामा ! | |||
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप, | |||
छातीमा हात, आँखामा आँसु, मनमा विलाप, | |||
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्तैन, | |||
दैवले देखे कसरी हेर्छ ? कलम लेख्तैन ! | |||
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ? | |||
मदन मरेको कसरी चिठी गुण्डाले पठायो ? | |||
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल, | |||
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल ! | |||
{{pcn|'''•'''}} | |||
'के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुपर्यो नि ? | |||
हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चिर्यौ नि ! | |||
आमा ! यो छाती चिर्यौ नि ! | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 17:02, 7 March 2025
बज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार ।
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश-छाना घरको माथि छ ।
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो ।
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,
भुल्काले आँखा बाटुला लायो रुखमा भाँचेको ।
कलिलो रुख पिटिक्क भाँचेको ।
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला;
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ?
हा कठैबरी ! भिजेका परेला !
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूच्र्छा इन्तु-न-चिन्तु माथिको तलामा,
ती मुना कठै ! नीली भै पलामा !
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,
छातीमा हात, आँखामा आँसु, मनमा विलाप,
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्तैन,
दैवले देखे कसरी हेर्छ ? कलम लेख्तैन !
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ?
मदन मरेको कसरी चिठी गुण्डाले पठायो ?
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल !
•
'के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुपर्यो नि ?
हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चिर्यौ नि !
आमा ! यो छाती चिर्यौ नि !