Jump to content

Page:Munamadan.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
{{center block|
<poem>
प्राणको टेका, कलको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ ।
जरोले तातो, पातला हात नसाले जेलेको,
रसिला-आँखा-बुहारी-हात प्रेमले मिलेको ।
कलिलो हात समाई भन्छिन्, 'मेरी हे बुहारी !
अब त बेला नजीकै आयो जानु छ उसपारि !
के गछ्र्यौ रोई, नरोऊ बुहारी !
सबैको बाटो यही हो नानी ! अमीर-फकीरको,
यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,
शहर बस्नू, नफस्नू यसमा, दुःखको जञ्जाल !
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल !
फुलेको देखेँ वैलेको देखेँ जगत्को फूलबारी,
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी !
पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,
दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ ।
गरेको जति लिएर जान्छु, के जान्छ साथमा,
सपनाभित्र पाएको धन ब्यूँझेको हातमा ।
बिदाइ लिन्छु सबका साथ मदन आएन,
त्यसलाई हेरी आँखाले आज चिम्लिन पाएन ।
म मरिहाले मदनसँग यो भन्नू तिमीले,
'नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले !'
रोकेको दिल आँखामा खस्छ गलामा बोल्दछ,
मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ ।
'हे मेरी बज्यै ! हे मेरी आमा !! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु ।
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ !'
</poem>}}
{{stanza continue}}

Revision as of 17:00, 7 March 2025

This page has not been proofread

प्राणको टेका, कलको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ ।
जरोले तातो, पातला हात नसाले जेलेको,
रसिला-आँखा-बुहारी-हात प्रेमले मिलेको ।
कलिलो हात समाई भन्छिन्, 'मेरी हे बुहारी !
अब त बेला नजीकै आयो जानु छ उसपारि !
के गछ्र्यौ रोई, नरोऊ बुहारी !
सबैको बाटो यही हो नानी ! अमीर-फकीरको,
यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,
शहर बस्नू, नफस्नू यसमा, दुःखको जञ्जाल !
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल !
फुलेको देखेँ वैलेको देखेँ जगत्को फूलबारी,
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी !
पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,
दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ ।
गरेको जति लिएर जान्छु, के जान्छ साथमा,
सपनाभित्र पाएको धन ब्यूँझेको हातमा ।
बिदाइ लिन्छु सबका साथ मदन आएन,
त्यसलाई हेरी आँखाले आज चिम्लिन पाएन ।
म मरिहाले मदनसँग यो भन्नू तिमीले,
'नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले !'
रोकेको दिल आँखामा खस्छ गलामा बोल्दछ,
मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ ।
'हे मेरी बज्यै ! हे मेरी आमा !! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु ।
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ !'