Page:Munamadan.pdf/39: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
भोटेका बच्चा काखमा राखी, कपाल मुसारी, | |||
पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी, | |||
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्, | |||
'बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन् । | |||
गाहारो भयो छाडेर जान गुनको आँगन ! | |||
यो गुन कैले म तिर्न सक्छु तैपनि माग न, | |||
दाज् ! केही त माग न !' | |||
भोटेले भन्छ, 'मौकाले पायो त्यो गुन लाउन, | |||
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न, | |||
आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन, | |||
क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन । | |||
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ; | |||
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ ।' | |||
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान, | |||
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान, | |||
रोएर घर हिँडे ती मदन ! | |||
{{pcn|'''•'''}} | |||
मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी, | |||
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी, | |||
सुकेको तेल घरकी बत्ती मधुरो भएकी | |||
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी । | |||
छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्, | |||
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन् । | |||
झ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ, | |||
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ । | |||
आँखामा छैन उनको आँसु शान्तिले छाएको, | |||
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको, | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 17:00, 7 March 2025
भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,
पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,
'बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन् ।
गाहारो भयो छाडेर जान गुनको आँगन !
यो गुन कैले म तिर्न सक्छु तैपनि माग न,
दाज् ! केही त माग न !'
भोटेले भन्छ, 'मौकाले पायो त्यो गुन लाउन,
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,
आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,
क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन ।
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ ।'
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान,
रोएर घर हिँडे ती मदन !
•
मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
सुकेको तेल घरकी बत्ती मधुरो भएकी
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी ।
छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन् ।
झ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ,
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ ।
आँखामा छैन उनको आँसु शान्तिले छाएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,