Page:Sunko bihani.pdf/8: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
सुनको दिन एक उदाउँछ रे | सुनको दिन एक उदाउँछ रे | ||
::यस देश खुलीकन आउँछ रे | ::यस देश खुलीकन आउँछ रे | ||
रँगिला सब बादल छाउँछ रे | |||
::जल चंचल भैकन गाउँछ रे ! | ::जल चंचल भैकन गाउँछ रे ! | ||
चिडया बिउँझेर कराउँछ रे | चिडया बिउँझेर कराउँछ रे |
Revision as of 23:57, 7 March 2025
This page has been proofread
सुनको बिहान
सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे
रँगिला सब बादल छाउँछ रे
जल चंचल भैकन गाउँछ रे !
चिडया बिउँझेर कराउँछ रे
सब मन्दिर घंट बजाउँछ रे
र हवा पनि बास उडाउँछ रे
दिल फूल सबै बिउँझाउँछ रे !
दुनियाँ सब चार्दछ धाउँछ रे
र हिमाल उँचा झलकाउँछ रे
जलविन्दु सुशीतल ल्याउँछ रे
सब उन्नत झल्ल तुल्याउँछ रे !