Page:Shakuntala.pdf/114: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी । | |||
::चरा भरी मृदु स्वरा, प्रवाल- | ::चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा ॥ | ||
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । | सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । | ||
::सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥ | ::सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥ | ||
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा । | |||
::अबीर | ::अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥ | ||
मुसुक्क | मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा । | ||
::चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥ | ::चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥ | ||
चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर । | चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर । | ||
::विषादतुल्य कामको सँगी छ साथमा तर ॥ | ::विषादतुल्य कामको सँगी छ साथमा तर ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
उ भन्छ | उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको । | ||
:: | ::कलल्ल लोल छाल यो पटेर खालि कानको ॥ | ||
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी । | चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी । | ||
::छ चार पाउ चाहिने र | ::छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥ | ||
न भोग पाइने यहाँ नटी विकाम वल्लरी । | न भोग पाइने यहाँ नटी विकाम वल्लरी । | ||
::छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥ | ::छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥ | ||
Line 22: | Line 22: | ||
::र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥ | ::र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥ | ||
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा । | कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा । | ||
::न लड्डु बालुवा लिई | ::न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥ | ||
न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु । | |||
:: | ::थरर्र थर्र काँप्दछन् नसा टुटी टुटी उरु ॥ | ||
छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु । | छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु । | ||
::बडा अघाउँदा सधैं न पीर | ::बडा अघाउँदा सधैं न पीर बुझ्दछन् मिही ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही । | |||
::पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥ | ::पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥ | ||
छलेर पाउपोष यो लिएर मन्त्र | छलेर पाउपोष यो लिएर मन्त्र वेधक । | ||
::अहो ! | ::अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥ | ||
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा । | |||
::दुहेर वृक्ष दूध होस् म प्यूँदथें घुटूघुटु ॥ | ::दुहेर वृक्ष दूध होस् म प्यूँदथें घुटूघुटु ॥ | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 19:15, 4 March 2025
सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा ।
अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥
मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर ।
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
(३०)
उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको ।
कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥
न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु ।
थरर्र थर्र काँप्दछन् नसा टुटी टुटी उरु ॥
छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुझ्दछन् मिही ॥
(३१)
अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वेधक ।
अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस् म प्यूँदथें घुटूघुटु ॥