Jump to content

Page:Shakuntala.pdf/113: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥
::विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी ।
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी ।
::सुबोल शब्दले भरी, मिठासमा थरी धरी
::सुबोल शब्दले भरी, मिठासमा थरी थरी
अनेक रङ्ग मोहनी फुटेर चित्‌ सरोवरी ।
अनेक रङ्ग मोहनी फुटेर चित्‌ सरोवरी ।
::सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
::सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी ।
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी ।
::कतै छ फेरि मिर्मिरे कतै छ हेर शर्बिरे
::कतै छ फेरि मिर्मिरे कतै छ हेर छिर्बिरे
कतै छ पड्ख उच्चता भजूँ भनेर फर्फरे ।
कतै छ पङ्ख उच्चता भजूँ भनेर फर्फरे ।
::कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
::कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
छ काव्य-हृज्जगत्सरि प्रभावमा भनूँ भने ।
छ काव्य-हृज्जगत्‌सरि प्रभावमा भनूँ भने ।
{{pcn|(२७)}}
{{pcn|(२७)}}


हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर ।
हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर ।
::सुचारु छत्र झै थिए विचित्रता मनोहर ॥
::सुचारु छत्र झैं थिए विचित्रता मनोहर ॥
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर ।
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर ।
::सिँगार पुष्पका लिने क्षितीश छत्र छन्‌ तरु ॥
::सिँगार पुष्पका लिने क्षितीश छत्र छन्‌ तरु ॥
Line 33: Line 33:


वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
::हरा सिँगार मोहनी सुन हास्य-सुन्दरी ॥
::हरा सिँगार मोहनी प्रसुन हास्य-सुन्दरी ॥
सुस्निखध-बैँस माघुरी-' -परीसरि ।
सुस्निग्ध-बैंस माधुरी-प्रदर्शिनी-परीसरि ।
::सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥
::सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥
</poem>}}
</poem>}}
{{Stanza continue}}
{{Stanza continue}}

Latest revision as of 19:10, 4 March 2025

This page has been proofread

सुशान्त शीतलोपना, हरा अनन्त यौवन ।
विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी ।
सुबोल शब्दले भरी, मिठासमा थरी थरी ॥
अनेक रङ्ग मोहनी फुटेर चित्‌ सरोवरी ।
सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी ।
कतै छ फेरि मिर्मिरे कतै छ हेर छिर्बिरे ॥
कतै छ पङ्ख उच्चता भजूँ भनेर फर्फरे ।
कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
छ काव्य-हृज्जगत्‌सरि प्रभावमा भनूँ भने ।
(२७)

हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर ।
सुचारु छत्र झैं थिए विचित्रता मनोहर ॥
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर ।
सिँगार पुष्पका लिने क्षितीश छत्र छन्‌ तरु ॥
हिलाउँछन्‌ लता जहाँ अडेर पत्र चामर ।
(२८)

छछल्‌ छछल्‌ छचल्किँदी छ छालदार छल्छले ।
नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥
गरी किनार कल्कले सजीव चारु चालकी ।
झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥
शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी ।
स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥
चराहरू सिकाउँदी सबै गला रसाउँदी ।
अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥
हरा-भरा सुवासको समीर शीतलाउँदी ।
(२९)

वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
हरा सिँगार मोहनी प्रसुन हास्य-सुन्दरी ॥
सुस्निग्ध-बैंस माधुरी-प्रदर्शिनी-परीसरि ।
सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥