Jump to content

Page:Shakuntala.pdf/111: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 34: Line 34:
::बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥
::बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥
</poem>}}
</poem>}}
{{Stanza continue}}

Revision as of 12:31, 27 February 2025

This page has not been proofread

सचेत चारुनेत्रले सजीव दृष्टिले इँदो ।
तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥
सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन्‌ नर ।
कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥
(१८)

सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो ।
तडित्‌ समान वेगको छनूँ जगत्‌ भने सरि ॥
छरेर शस्य दाँतले छरक्क फींज छकिँदो ।
फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥
खलोँतितुल्य सासको, फरक्क फर्किई हँदो ।
तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥
(१९)

भएर अन्ध वेगमा मिलेर चट्ट ठक्कर ।
चरक्क घाउ रेखिँदो भिजेर रक्तले खुर ॥
कतै कतै छिटा झरी भुवा रँगाउँदो अलि ।
उड्यो हवा बनेर त्यो अनन्त त्रासले बली ॥
(२०)

न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश ।
सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥
न जासले सताउँथ्यो न कालको थियो डर ।
प्रभो ! नृसिंह देखिँदा उडेख होश झैं तर ॥
क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर ।
सुपृण्य प्राणदान होस्‌, न कष्टले उढून्‌. कर ॥”
(२१)

सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी ।
महागुणी सुनाउँछन्‌ दयालु भावका ध्वनि ॥
“भनेर मिर्ग मामुली लखेटमा थिएँ तर ।
बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥