Page:Shakuntala.pdf/96: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
"तमोवृत छ जो जगत् विषयका खिचातानमा । | "तमोवृत छ जो जगत् विषयका खिचातानमा । | ||
::यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥ | ::यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥ | ||
यिनैकन | यिनैकन गरूँ भनी मृदुल रूप आमन्त्रण । | ||
::भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥ | ::भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
न लेशभर लोभका न कटु कामको कामना । | न लेशभर लोभका न कटु कामको कामना । | ||
:: | ::लिईकन छुनू यहाँ ?" भनि-दिँदै सफा सम्झना ॥ | ||
गुलाबहरु विषयपत्र झारी | गुलाबहरु बेलिँदै विषयपत्र झारी झरे । | ||
::उडेर तर मोहनी मृदु कपोलमा ती | ::उडेर तर मोहनी मृदु कपोलमा ती चढे ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
Line 16: | Line 16: | ||
::सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥ | ::सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥ | ||
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने । | अनन्त समयै भरी प्रकृतप्रेमले पाउने । | ||
::बनिन् अमृत | ::बनिन् अमृत झैं यिनी अधरदार पृथ्वीविषे ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
Line 33: | Line 33: | ||
यिनी शरम-शुद्ध छन् मधुर रङ्ग चढ्दैछ त्यो । | यिनी शरम-शुद्ध छन् मधुर रङ्ग चढ्दैछ त्यो । | ||
::छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥ | ::छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥ | ||
उघारिन उघारिनै छ कि तयार झैं | उघारिन उघारिनै छ कि तयार झैं माधुरी । | ||
::उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥ | ::उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 13:04, 2 March 2025
"तमोवृत छ जो जगत् विषयका खिचातानमा ।
यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥
यिनैकन गरूँ भनी मृदुल रूप आमन्त्रण ।
भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥
(३५)
न लेशभर लोभका न कटु कामको कामना ।
लिईकन छुनू यहाँ ?" भनि-दिँदै सफा सम्झना ॥
गुलाबहरु बेलिँदै विषयपत्र झारी झरे ।
उडेर तर मोहनी मृदु कपोलमा ती चढे ॥
(३६)
वियोगसरि बन्दछन् कुसुमबोट भै कण्टक ।
सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।
बनिन् अमृत झैं यिनी अधरदार पृथ्वीविषे ॥
(३७)
अरू चपल चारुता चटुलता र चाञ्चल्यले ।
बनेर नखरे ठिटी मन इशारिने बढ्दछन् ॥
यिनी मधुर-भावकी सरलता फुलेकी लता-
समान अति चारु छन् प्रकृतभावलज्जास्पदा ॥
(३८)
हवासदृश बग्दछन् सुरभिभाव सानन्द ती ।
तिनी प्रकृत चालकी मृदु प्रवाल छन् मालती ॥
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।
अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥
(३९)
यिनी शरम-शुद्ध छन् मधुर रङ्ग चढ्दैछ त्यो ।
छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥
उघारिन उघारिनै छ कि तयार झैं माधुरी ।
उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥
(४०)