Jump to content

Page:Bhikari.pdf/51: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<big>'''अन्त्यमा'''</big> <poem> १ पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप । जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।। शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश । नचलोस् नचल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<big>'''अन्त्यमा'''</big>
{{center|{{larger|'''अन्त्यमा'''}}}}


<poem>
<poem>

Revision as of 21:48, 26 January 2025

This page has not been proofread
अन्त्यमा


पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।।
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।।


साँझको त्यो अन्तिम घण्टा मन्द बजाअोस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ।।
सुन्दर दिव्य यो रङ्गभूमि एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ।।


अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ।।
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ।।