Page:Shakuntala.pdf/94: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥ | ::दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥ | ||
उरोज मृदु उप्सिने मधुरता नयाँ भावका । | उरोज मृदु उप्सिने मधुरता नयाँ भावका । | ||
::झरे वनविषे परे | ::झरे वनविषे परे अब शकुन्तलामा पनि ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
जहाँ पिक छ | जहाँ पिक छ प्रश्नमा हृदयभित्र 'को हो ?' भनी । | ||
::जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥ | ::जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥ | ||
प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी ! | प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी ! | ||
Line 15: | Line 15: | ||
बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी । | बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी । | ||
::कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥ | ::कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥ | ||
करङ्गनयनी यिनी ललितता लताकी बनी । | |||
::बनिन् विपिन झैं धनी मदनमोहिनी मोहनी ॥ | ::बनिन् विपिन झैं धनी मदनमोहिनी मोहनी ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
Line 22: | Line 22: | ||
::प्रफुल्ल लहरा जहाँ हरहरा हवा हर्दछन् ॥ | ::प्रफुल्ल लहरा जहाँ हरहरा हवा हर्दछन् ॥ | ||
अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी । | अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी । | ||
::स्वरूप छ र | ::स्वरूप छ र कृष्णजी तल झरे कि झैं छन् यिनी ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
सुरेख मृदु अङ्ग छन् वश अनन्त आफैं हुने । | सुरेख मृदु अङ्ग छन् वश अनन्त आफैं हुने । | ||
::बनी भजन | ::बनी भजन भृङ्गको हृदयले सुधा नै लिने ॥ | ||
शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी । | शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी । | ||
::हुने मरण नै | ::हुने मरण नै मजा पयरमाथि छाती धरी ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
कहाँ प्रकृत साधु छन् ? हठ र योगका भक्त | कहाँ प्रकृत साधु छन् ? हठ र योगका भक्त ती । | ||
::नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥ | ::नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥ | ||
अमानव छ शून्यता नजरमा न रोमाञ्च | अमानव छ शून्यता नजरमा न रोमाञ्च छ । | ||
::छ साधु मकनै उही जुन अगाडि सत् जादु | ::छ साधु मकनै उही जुन अगाडि सत् जादु छ ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 12:52, 2 March 2025
जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता ।
दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥
उरोज मृदु उप्सिने मधुरता नयाँ भावका ।
झरे वनविषे परे अब शकुन्तलामा पनि ॥
(२३)
जहाँ पिक छ प्रश्नमा हृदयभित्र 'को हो ?' भनी ।
जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥
प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी !
विहार वनमा गरी अब फुलिन् फुकी कामिनी ॥
(२४)
बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी ।
कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥
करङ्गनयनी यिनी ललितता लताकी बनी ।
बनिन् विपिन झैं धनी मदनमोहिनी मोहनी ॥
(२५)
कथाहरु पुराणका विपिन गर्दछन् वर्णन ।
प्रफुल्ल लहरा जहाँ हरहरा हवा हर्दछन् ॥
अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी ।
स्वरूप छ र कृष्णजी तल झरे कि झैं छन् यिनी ॥
(२६)
सुरेख मृदु अङ्ग छन् वश अनन्त आफैं हुने ।
बनी भजन भृङ्गको हृदयले सुधा नै लिने ॥
शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी ।
हुने मरण नै मजा पयरमाथि छाती धरी ॥
(२७)
कहाँ प्रकृत साधु छन् ? हठ र योगका भक्त ती ।
नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥
अमानव छ शून्यता नजरमा न रोमाञ्च छ ।
छ साधु मकनै उही जुन अगाडि सत् जादु छ ॥
(२८)