Jump to content

Page:Shakuntala.pdf/89: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
::हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
::पुष्पैतुल्य हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
0000 ष्प सुन्दर सफा मानो छ त्यहाँ ।
जूनेली सुरपुष्प सुन्दर सफा मानो छ फुल्दो त्यहाँ ।
::बास्ना नै जसको छ शान्ति 003 आनन्द नै रूप छ॥
::बास्ना नै जसको छ शान्ति रसिलो, आनन्द नै रूप छ ॥
{{pcn|(३४)}}
{{pcn|(३४)}}


"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
::टूना चारमुखी महा नृपतिका आनन्द॒ कारीगरी ॥
::टूना चारमुखी महा नृपतिका आनन्द कारीगरी ॥
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना बुठ्मका 1
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना सूक्ष्मका ।
::थोरैमा जति छन्‌ उनी अरु कहीँ नन्‌ उज्याला हरि ॥
::थोरैमा जति छन्‌ उनी अरु कहीँ छैनन्‌ उज्याला हरि ॥
{{pcn|(३५)}}
{{pcn|(३५)}}


आङ नानि ! शकुन्तला किन तिमी बस्छौ अबेरैतक ?
आऊ नानि ! शकुन्तला किन तिमी बस्छ्यौ अबेरैतक ?
::यस्तो बेर गरी नआउनु बुभयौ राका-चकोरीसरि ॥
::यस्तो बेर गरी नआउनु बुझ्यौ राका-चकोरीसरि ॥
ठण्डा सत्नु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
ठण्डा सत्तु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
::रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ?”
::रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ॥"
{{pcn|(३६)}}
{{pcn|(३६)}}


सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
::“कस्तो रात सफा छ हेर्नु त हवस्‌” भन्छिन्‌ दुवै हातले ॥
::कस्तो रात सफा छ हेर्नु त हवस्‌" भन्छिन्‌ दुवै हातले ॥
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
::भन्छन्‌ “रात सफा भएर न त्यहाँ छन्‌ खान क्यै पातमा ॥”
::भन्छन्‌ "रात सफा भएर न त्यहाँ छन्‌ खान क्यै पातमा ॥"
{{pcn|(३७)}}
{{pcn|(३७)}}


फाँको सत्त्‌ लगाउँदी वदनका कूना सफा पार्दछिन्‌ ।
फाँको सत्तु लगाउँदी वदनका कूना सफा पार्दछिन्‌ ।
::छोटी भैकन खान थोर सेतो झरी झार्दछिन्‌ ॥
::छोटी भैकन खान थोर भुइँमा सेतो झरी झार्दछिन्‌ ॥
पुछ्दी फेरि यसो मुहार करले पाप राई कल्कल ।
पुछ्दी फेरि यसो मुहार करले पानी पिई कल्कल ।
::ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी भार्दछिन्‌ ?
::ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी झार्दछिन्‌ ?
{{pcn|(३८)}}
{{pcn|(३८)}}


यति बाद सुतिन्‌ शकुन्तला ।
यति बाद सुतिन्‌ शकुन्तला ।
::सपनामा चनमा परीसँग ॥
::सपनामा वनमा परीसँग ॥
सुनको दरबारमा उडी-
सुनको दरबारमा उडी-
::कन हेर्दी नृपकीर्तिका रँग॥
::कन हेर्दी नृपकीर्तिका रँग ॥
{{pcn|(३९)}}
{{pcn|(३९)}}


मानो छ एक सपना मनको मलाई ।
मानो छ एक सपना मनको मलाई ।
::आउन्न रङ्ग निपनातिर सत्य हाई !
::आउन्न रङ्ग बिपनातिर सत्य हाई !
हुन्‌ कालिदास कवि नै कि त व्यास आई ।
हुन्‌ कालिदास कवि नै कि त व्यास आई ।
::राख्न्‌ समस्त पद चित्रणमा सफाइ ॥
::राखून् समस्त पद चित्रणमा सफाइ ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


</poem>}}
</poem>}}

Latest revision as of 11:33, 2 March 2025

This page has been proofread

आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
पुष्पैतुल्य हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
जूनेली सुरपुष्प सुन्दर सफा मानो छ फुल्दो त्यहाँ ।
बास्ना नै जसको छ शान्ति रसिलो, आनन्द नै रूप छ ॥
(३४)

"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
टूना चारमुखी महा नृपतिका आनन्द कारीगरी ॥
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना सूक्ष्मका ।
थोरैमा जति छन्‌ उनी अरु कहीँ छैनन्‌ उज्याला हरि ॥
(३५)

आऊ नानि ! शकुन्तला किन तिमी बस्छ्यौ अबेरैतक ?
यस्तो बेर गरी नआउनु बुझ्यौ राका-चकोरीसरि ॥
ठण्डा सत्तु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ॥"
(३६)

सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
कस्तो रात सफा छ हेर्नु त हवस्‌" भन्छिन्‌ दुवै हातले ॥
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
भन्छन्‌ "रात सफा भएर न त्यहाँ छन्‌ खान क्यै पातमा ॥"
(३७)

फाँको सत्तु लगाउँदी वदनका कूना सफा पार्दछिन्‌ ।
छोटी भैकन खान थोर भुइँमा सेतो झरी झार्दछिन्‌ ॥
पुछ्दी फेरि यसो मुहार करले पानी पिई कल्कल ।
ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी झार्दछिन्‌ ?
(३८)

यति बाद सुतिन्‌ शकुन्तला ।
सपनामा वनमा परीसँग ॥
सुनको दरबारमा उडी-
कन हेर्दी नृपकीर्तिका रँग ॥
(३९)

मानो छ एक सपना मनको मलाई ।
आउन्न रङ्ग बिपनातिर सत्य हाई !
हुन्‌ कालिदास कवि नै कि त व्यास आई ।
राखून् समस्त पद चित्रणमा सफाइ ॥
(४०)