Jump to content

Page:Shakuntala.pdf/88: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
“त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?
"त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?"
::भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥
::भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥
ती देख्छिन्‌ सपना बनाइ निपना छायासितै जूनको ।
ती देख्छिन्‌ सपना बनाइ बिपना छायासितै जूनको ।
::"रानी भन्न सुयोग्य छौ” जन सुनिन्‌ भस्किन्‌ पुगेझै कहाँ ॥
::"रानी भन्न सुयोग्य छ्यौ" जब सुनिन्‌ भस्किन्‌ पुगेझैं कहाँ ॥
{{pcn|(२९)}}
{{pcn|(२९)}}


“ती राजा अब आउँछन्‌ सखि यहाँ गर्छन्‌ बिहा छाँटले ।
"ती राजा अब आउँछन्‌ सखि यहाँ गर्छन्‌ बिहा छाँटले ।
::तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
::तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
::बस्नेछथौ सखि ! चाकरी सब गरी लिन्छौ नुभयौ चामर॥”
::बस्नेछ्यौ सखि ! चाकरी सब गरी लिन्छ्यौ बुझ्यौ चामर ॥"
भन्थिन्‌ ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साधकी
भन्थिन्‌ ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साथकी
::“जाङ धुत्त नकच्चरी” यति भनी फर्किन्‌ परी सुन्दरी ॥
::"जाऊ धुत्त नकच्चरी" यति भनी फर्किन्‌ परी सुन्दरी ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


“जा चारु तिमी त आरुसरि छभौ तीतो बियाँकी गुदी ।
"जाऊ चारु तिमी त आरुसरि छ्यौ तीतो बियाँकी गुदी ।
::जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
::जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछ्‌ ।”
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछु ।"
::भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन्‌ ॥
::भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन्‌ ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


न्ीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
चीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
::च्नीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
::चीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
::उठ्छन्‌ ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना॥
::उठ्छन्‌ ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना ॥
{{pcn|(३२)}}
{{pcn|(३२)}}



Latest revision as of 19:03, 1 March 2025

This page has been proofread

"त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?"
भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥
ती देख्छिन्‌ सपना बनाइ बिपना छायासितै जूनको ।
"रानी भन्न सुयोग्य छ्यौ" जब सुनिन्‌ भस्किन्‌ पुगेझैं कहाँ ॥
(२९)

"ती राजा अब आउँछन्‌ सखि यहाँ गर्छन्‌ बिहा छाँटले ।
तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
बस्नेछ्यौ सखि ! चाकरी सब गरी लिन्छ्यौ बुझ्यौ चामर ॥"
भन्थिन्‌ ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साथकी ।
"जाऊ धुत्त नकच्चरी" यति भनी फर्किन्‌ परी सुन्दरी ॥
(३०)

"जाऊ चारु तिमी त आरुसरि छ्यौ तीतो बियाँकी गुदी ।
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछु ।"
भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन्‌ ॥
(३१)

चीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
चीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
उठ्छन्‌ ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना ॥
(३२)

(मालिनी)
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
पयर प्रकृतचाला नृत्य गर्दा समान ॥
तरुवरमनि राम्रा जूनले भासमान ।
छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥
(३३)