Jump to content

Page:Shakuntala.pdf/72: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन।
यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन ।
::गाभा के सुनकी महीरुहविषे बोक्दै फुलिन् गौतमी ॥।
::गाभा झैं सुनकी महीरूहविषे बोक्दै झुलिन्‌ गौतमी
आमाका सब भाव जो प्रथम छन् हावा भुलौना बनी।
आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी ।
::पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिंगार्ने भए ॥
::पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥
{{pcn|(४७)}}
{{pcn|(४७)}}


के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
::बूढ़ा बाबु सदैव छन् हँसमुखा यो फल्लरी फूलमा
::बूढा बाबु सदैव छन्‌ हँसमुखा यो झल्लरी झूलमा
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन सह्यारी शिशु।
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन् सह्यारी शिशु ।
::सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
::सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
{{pcn|(४८)}}
{{pcn|(४८)}}


बाँडौला र छुनूमुन कुसुमका हाँगाहरूका सब।
बाँडौला र छुनूमुनू कुसुमका हाँगाहरूका सब ।
::बीयाँका भुइॅबीच
::बीयाँका भुइँबीच वर्षशुरुमा ती पासलीपोसली ॥
वर्षशुरुमा ती पासलीपोसली ॥
हावाका "झुल बाबु" रङ्गहरुका चाचा, चरी चक्चके ।
::हावाका “फुल बाबु" रबहरुका चाचा, चरी चकचके।
::तोते ताति अनेक छन्‌ प्रकृतिमा वात्सल्य नै विश्व हो ॥
तोते ताति अनेक छन् प्रकृतिमा वात्सल्य ने विश्व हो ॥
{{pcn|(४९)}}
{{pcn|(४९)}}


::"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाड़िनीसाथमा।
"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाङ्गिनीसाथमा ।
साधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी॥।
::सोधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी ॥
::"राम्रो सूफ गऱ्यौ"' भनेर ऋषिले लेखे नयाँ पातमा।
"राम्रो सूझ गर्यौ" भनेर ऋषिले लेखे नयाँ पातमा ।
चिल्ला पिप्पलको हवासित सदा उछलेर मर्मर लिने ॥
::चिल्ला पिप्पलको हवासित सदा उछ्लेर मर्मर् लिने ॥
{{pcn|(५०)}}
{{pcn|(५०)}}


::न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
गुन् गुन् गुन् भँवरा सुरारस पिई आनन्दको, पड़िखदा ॥।
::गुन्‌ गुन्‌ गुन्‌ भँवरा सुरारस पिई आनन्दको, पङ्खिदा ॥
::साना छुन्मुन स्निग्ध प्रल्लव फुटी, पत्ना हिलेका दिन।
साना छुन्मुन स्निग्ध पल्लव फुटी, पन्ना हिलेका दिन ।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँधिन् ती शिक्षु
::आँखाले हँसिली मुमा प्रकृतिको देखाउँथिन्‌ ती शिशु
{{pcn|(५१)}}
{{pcn|(५१)}}


::मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन्।
मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन्‌ ।
गम्काईकन गौतमी चमचमी चम्किन् त्यहाँ बालिका ॥
::गम्काईकन जौतमी चमचमी चम्किन्‌ त्यहाँ बालिका ॥
::पारी शीतल शान्त चित्त उनको भन्थिन कथा स्वर्गको।
पारी शीतल शान्त चित्त उनको भन्थिन्‌ कथा स्वर्गको ।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
::नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
{{pcn|(५२)}}
{{pcn|(५२)}}


::तोतो बोली बालको यो छ सारा।
तोतो बोली बालको यो छ सारा ॥
गुन्गुन् गर्ने काव्य सङ्घेतद्वारा ॥।
::गुन्गुन् गर्ने काव्य सङ्केतद्वारा ॥
::खेलै होला खालि सौजन्यलाई ।
खेलै होला खालि सौजन्यलाई ।
व्यय्या, धव्या" स्नेहको "हाइ हाइ !"
::"थय्या, थय्या" स्नेहको "हाइ हाइ !"
{{pcn|(५३)}}
{{pcn|(५३)}}
</poem>}}
</poem>}}

Latest revision as of 20:06, 26 February 2025

This page has been proofread

यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन ।
गाभा झैं सुनकी महीरूहविषे बोक्दै झुलिन्‌ गौतमी ॥
आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी ।
पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥
(४७)

के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
बूढा बाबु सदैव छन्‌ हँसमुखा यो झल्लरी झूलमा ॥
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन् सह्यारी शिशु ।
सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
(४८)

बाँडौला र छुनूमुनू कुसुमका हाँगाहरूका सब ।
बीयाँका भुइँबीच वर्षशुरुमा ती पासलीपोसली ॥
हावाका "झुल बाबु" रङ्गहरुका चाचा, चरी चक्चके ।
तोते ताति अनेक छन्‌ प्रकृतिमा वात्सल्य नै विश्व हो ॥
(४९)

"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाङ्गिनीसाथमा ।
सोधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी ॥
"राम्रो सूझ गर्यौ" भनेर ऋषिले लेखे नयाँ पातमा ।
चिल्ला पिप्पलको हवासित सदा उछ्लेर मर्मर् लिने ॥
(५०)

न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
गुन्‌ गुन्‌ गुन्‌ भँवरा सुरारस पिई आनन्दको, पङ्खिदा ॥
साना छुन्मुन स्निग्ध पल्लव फुटी, पन्ना हिलेका दिन ।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँथिन्‌ ती शिशु ॥
(५१)

मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन्‌ ।
गम्काईकन जौतमी चमचमी चम्किन्‌ त्यहाँ बालिका ॥
पारी शीतल शान्त चित्त उनको भन्थिन्‌ कथा स्वर्गको ।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
(५२)

तोतो बोली बालको यो छ सारा ॥
गुन्गुन् गर्ने काव्य सङ्केतद्वारा ॥
खेलै होला खालि सौजन्यलाई ।
"थय्या, थय्या" स्नेहको "हाइ हाइ !"
(५३)