Page:Shakuntala.pdf/70: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी | मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा । | ||
::बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥ | ::बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥ | ||
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) । | (छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) । | ||
:: | ::हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
वल्ली | वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी । | ||
::सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥ | ::सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥ | ||
छाएको खरले | छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल । | ||
::पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥ | ::पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी । | |||
::हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने | ::हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी ॥ | ||
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली । | 'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली । | ||
::चिन्दी | ::चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
दूनाको हरियो सुस्निग्धपनमा पानी भरी | दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले । | ||
::छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥ | ::छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥ | ||
हीराका चय | हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ । | ||
::लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥ | ::लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
"ल्याएँ यी | "ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका । | ||
::आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥ | ::आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥ | ||
स्वप्ना | स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी । | ||
::विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी | ::विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥" | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
यस्ता शब्द सुनेर | यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी । | ||
::ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ? | ::ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ? | ||
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा | गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी । | ||
::आफैले तपको गरी निहूँ | ::आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?" | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 17:33, 26 February 2025
मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि ॥
(३५)
वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥
छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल ।
पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥
(३६)
हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी ॥
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥
(३७)
दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले ।
छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥
हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ ।
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥
(३८)
"ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका ।
आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥
स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥"
(३९)
यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी ।
ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?"
(४०)