Jump to content

Page:Shakuntala.pdf/65: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
न्द्रमा टिप्नको चाहमा बाहुली ।
चन्द्रमा टिप्नको चाहमा बाहुली ।
::प्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥
::फ्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
मालिनीतीरका छालका शब्दले ।
::केलिकौतूहला बालिका बन्दधिन्‌
::केलिकौतूहला बालिका बन्दथिन्‌
{{pcn|(५)}}
{{pcn|(५)}}


तारका झल्किँदो फूलमा नीरको ।
तारका झल्किँदो झूलमा नीरको ।
::चम्किँदा चक्षुका चारु चम्काइले ॥
::चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले' सुन्दरी: बालिका ।
चञ्चले चालले सुन्दरी बालिका ।
::हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥
::हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥
{{pcn|(६)}}
{{pcn|(६)}}
Line 15: Line 15:
वायुले झस्किँदा स्नायु ती पातका ।
वायुले झस्किँदा स्नायु ती पातका ।
::दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥
::दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥
पुष्पको कोपिलातुल्यआव जुन
पुष्पको कोपिलातुल्य आधी खुला
::चक्षु ती चुम्दथ्यो सफा ॥
::चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


Line 22: Line 22:
::पालुवामा हुने हिल्नको प्रेरणा ॥
::पालुवामा हुने हिल्नको प्रेरणा ॥
केलि आनन्दको त्यो हवेलीविषे ।
केलि आनन्दको त्यो हवेलीविषे ।
::नालका चालमा तालमा ल्याउँघ्यो
::बालका चालमा तालमा ल्याउँथ्यो
{{pcn|(८)}}
{{pcn|(८)}}


एक लाली चढ्यो पश्चिमी फेरमा ।
एक लाली चढ्यो पश्चिमी फेरमा ।
::सान्ध्य आकाशको पक्षमाला घरी
::सान्ध्य आकाशको पक्षमाला धरी
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
::दिव्य सङ्घारमा स्वर्गको उघिँदो
::दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो
{{pcn|(९)}}
{{pcn|(९)}}


हुस्सु झै पातको चारु पोल्टो भरी ।
हुस्सु झैं पातको चारु पोल्टो भरी ।
::तारकाका लिई दिव्य दानाहरू ॥
::तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।
मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।
::'शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
::शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}


</poem>}}
</poem>}}

Latest revision as of 16:24, 26 February 2025

This page has been proofread

चन्द्रमा टिप्नको चाहमा बाहुली ।
फ्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
केलिकौतूहला बालिका बन्दथिन्‌ ॥
(५)

तारका झल्किँदो झूलमा नीरको ।
चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले सुन्दरी बालिका ।
हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥
(६)

वायुले झस्किँदा स्नायु ती पातका ।
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥
पुष्पको कोपिलातुल्य आधी खुला ।
चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥
(७)

वायुमा वन्य ती वासले बेलिँदा ।
पालुवामा हुने हिल्नको प्रेरणा ॥
केलि आनन्दको त्यो हवेलीविषे ।
बालका चालमा तालमा ल्याउँथ्यो ॥
(८)

एक लाली चढ्यो पश्चिमी फेरमा ।
सान्ध्य आकाशको पक्षमाला धरी ॥
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो ॥
(९)

हुस्सु झैं पातको चारु पोल्टो भरी ।
तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।
शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
(१०)