Jump to content

Page:Shakuntala.pdf/59: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
सानो कुड्मलपड्खमा मलयका हावा परीले घरी
सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी
::नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
::नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
उड्दो झै मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
::आइन्‌ पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
::आइन्‌ पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
{{pcn|(१७)}}
{{pcn|(१७)}}


Line 19: Line 19:
{{pcn|(१९)}}
{{pcn|(१९)}}


“बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
"बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
::आलाउुल्प वयातती प्रकृतिका खाए सबै व्यञ्जन ॥
::आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥
मेरो दिव्य सुषमा- पाई बढे फूल झैं ।
मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं ।
::आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं॥
::आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}


कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
::तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन्‌ धराका परी ॥
::तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन्‌ धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन '
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन
::राख्नेछन्‌ महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
::राख्नेछन्‌ महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्‌, छन्‌ बीज राम्रा जहाँ ।
मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्‌, छन्‌ बीज राम्रा जहाँ ।
::कलो मुसप छन्‌ धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
::कालो मुण्मय छन्‌ धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली बीज पर्छ हुनु है ! छन्‌ पङ्गमै पङ्ज
खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन्‌ पङ्कमै पङ्कज
::कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
::कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}


</poem>}}
</poem>}}

Latest revision as of 15:29, 26 February 2025

This page has been proofread

सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी ।
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
आइन्‌ पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
(१७)

लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको ।
देखिन्‌ चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
फर्किन्‌ थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन्‌ ॥
(१८)

छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका ।
राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥
हेर्थिन्‌ ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर ।
आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥
(१९)

"बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥
मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं ।
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥
(२०)

कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन्‌ धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन ।
राख्नेछन्‌ महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
(२१)

मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्‌, छन्‌ बीज राम्रा जहाँ ।
कालो मुण्मय छन्‌ धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन्‌ पङ्कमै पङ्कज ।
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
(२२)