Page:Shakuntala.pdf/58: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो । | झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो । | ||
::लज्जा मुस्किन खोज्छ | ::लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥ | ||
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता | नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती । | ||
::भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥ | ::भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
Line 10: | Line 10: | ||
::अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥ | ::अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥ | ||
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए । | मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए । | ||
::केही कष्ट नभै वसन्त | ::केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन् मेनका ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो । | देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो । | ||
::केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥ | ::केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥ | ||
चाँडै नै तर | चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि । | ||
::हाँसे मुस्स सुधांशु | ::हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
Line 22: | Line 22: | ||
::गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥ | ::गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥ | ||
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको । | सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको । | ||
::देखी दङ्ग हुँदा झसङ्ग मनमा | ::देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ? | लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ? | ||
:: | ::बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन् ? | ||
लौ परेछ ! नारद डुबी मायाविषे विष्णुको । | लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको । | ||
::आश्चर्यान्वित दृष्टिले वरिपरी | ::आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥" | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
चुट्की दी चुचु! साथ चारु नयनीलाई | चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन । | ||
:: | ::"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥ | ||
पापा खोज्न म | पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन् उठी ती ऋषि । | ||
:: | ::थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:22, 26 February 2025
झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो ।
लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती ।
भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥
(११)
धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी ।
अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन् मेनका ॥
(१२)
देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो ।
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥
चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि ।
हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥
(१३)
औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि ॥
(१४)
लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ?
बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन् ?
लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥"
(१५)
चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन ।
"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥
पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन् उठी ती ऋषि ।
थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥
(१६)