Page:Laxmi nibandhasangraha.pdf/165: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कालिदास | कालिदास आजसम्म पुरानो र थाङ्नो भएका छैनन् र नवीनयुगी | ||
प्रसिद्धि कामुकहरुले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, | |||
त्यसै गरी हामी लेखनाथ | त्यसै गरी हामी लेखनाथ बुद्धिमान्को विवेकमा पुरानो र थाङ्नो भएको | ||
कहिल्यै | कहिल्यै देखिन्नन् भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको | ||
तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन । | तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन । | ||
सचेत | सचेत कारीगरीको अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं, | ||
तर | तर त्यहाँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई | ||
भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात | भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात | ||
देख्ने सङ्कुचित नजर | देख्ने सङ्कुचित नजर हुन्छन् । आधुनिकता आजकलको पना हो भने | ||
हामी त्यसको अभावलाई ज्यादा अवगुण | हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौं । संस्कृतलाई नफरत | ||
गरेर हामी | गरेर हामी आढ्य हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा | ||
पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति | पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति | ||
नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता | नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता | ||
छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । | छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरु जड्नु दोष होइन | ||
यदि | यदि तिनीहरु मधुर र प्राकृत हुन् । खालि आढ्य कल्पनाको सङ्केत मात्र | ||
तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर | तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तितोपनाको भक्त हुन | ||
सकिन्न र ज्यादा गुलियोपन उनमा म | सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनँ । कविता बोलचालको | ||
भाषामा हुनुपर्छ भन्ने | भाषामा हुनुपर्छ भन्ने कुरामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी | ||
बोलीबाट माधुर्य निकाल्ने | बोलीबाट माधुर्य निकाल्ने कोसिसलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र | ||
आखिरी | आखिरी फैसला राख्तैनौं । श्लोक टुक्रे विचारमा प्रवाहको रोकावट देखे | ||
पनि | पनि कविका भावहरु बाटुला हुँदै, बन्दै, कुँदिंदै निक्लनुमा उस्तो दोष | ||
देखिंदैन जतिको जङ्गलीपनको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन | |||
हुँदैन । सौन्दर्यका | हुँदैन । सौन्दर्यका सूक्ष्म चेतहरुले सिर्जनालाई सोद्धै निकाल्दैनन् । भावको | ||
रोकावट हाम्रा त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ । | |||
शब्द लालित्यको लोलुपताको विषयमा हाम्रो रायमा सुन्दर भावहरुले | |||
तद्विषयी तद्रेखी शब्दहरुसित झुकाव लिने हुनाले सायद भावकै दोष | |||
हो कि ? तब | हो कि ? तब अवगुणहरु छैनन् भन्न बिलकुल हामी सक्तैनौं । न त | ||
हामी स्तुति मात्र | हामी स्तुति मात्र लेखिरहेछौं । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक | ||
सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी | सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनै पर्दछ । तर हामी | ||
लेखनाथ | लेखनाथ पौड्याललाई नेपालका आधुनिक अद्वितीय महाकवि र महापुरुषका | ||
रुपमा देख्तछौं । | |||
{{nop}} | {{nop}} |
Revision as of 21:28, 20 June 2025
कालिदास आजसम्म पुरानो र थाङ्नो भएका छैनन् र नवीनयुगी प्रसिद्धि कामुकहरुले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, त्यसै गरी हामी लेखनाथ बुद्धिमान्को विवेकमा पुरानो र थाङ्नो भएको कहिल्यै देखिन्नन् भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन । सचेत कारीगरीको अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं, तर त्यहाँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात देख्ने सङ्कुचित नजर हुन्छन् । आधुनिकता आजकलको पना हो भने हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौं । संस्कृतलाई नफरत गरेर हामी आढ्य हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरु जड्नु दोष होइन यदि तिनीहरु मधुर र प्राकृत हुन् । खालि आढ्य कल्पनाको सङ्केत मात्र तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तितोपनाको भक्त हुन सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनँ । कविता बोलचालको भाषामा हुनुपर्छ भन्ने कुरामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी बोलीबाट माधुर्य निकाल्ने कोसिसलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र आखिरी फैसला राख्तैनौं । श्लोक टुक्रे विचारमा प्रवाहको रोकावट देखे पनि कविका भावहरु बाटुला हुँदै, बन्दै, कुँदिंदै निक्लनुमा उस्तो दोष देखिंदैन जतिको जङ्गलीपनको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन हुँदैन । सौन्दर्यका सूक्ष्म चेतहरुले सिर्जनालाई सोद्धै निकाल्दैनन् । भावको रोकावट हाम्रा त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ । शब्द लालित्यको लोलुपताको विषयमा हाम्रो रायमा सुन्दर भावहरुले तद्विषयी तद्रेखी शब्दहरुसित झुकाव लिने हुनाले सायद भावकै दोष हो कि ? तब अवगुणहरु छैनन् भन्न बिलकुल हामी सक्तैनौं । न त हामी स्तुति मात्र लेखिरहेछौं । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनै पर्दछ । तर हामी लेखनाथ पौड्याललाई नेपालका आधुनिक अद्वितीय महाकवि र महापुरुषका रुपमा देख्तछौं ।