Page:Laxmi nibandhasangraha.pdf/161: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भोटोको साथ पूर्वको | भोटोको साथ पूर्वको झ्यालतिर विछ्याएको लम्पटमा बस्नु भएको देखें । | ||
उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम | उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम | ||
बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो | बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो | ||
आफ्नै कविताका ध्वनि र बनौटमा । | आफ्नै कविताका ध्वनि र बनौटमा । नजिकमा भर्खर व्रतबन्ध गरेको | ||
चन्द्रनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको | |||
छोरो भन्ने उहाँकै | छोरो भन्ने उहाँकै मुखारबिन्दबाट मैले सुनें ! उसैले कविताहरु कण्ठ | ||
पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको | पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारिफ | ||
गर्नुहुन्थ्यो र लडको पनि | गर्नुहुन्थ्यो र लडको पनि तारिफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' | ||
नाटक | नाटक प्रायः समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर | ||
हँसिलो | हँसिलो मुहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरु अनुप्रासको | ||
मिठास भएका | मिठास भएका ध्वनिहरुमा जोड दिंदै उच्चारण गरेर सुनाउनमा सोख | ||
लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली | लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरु आफ्नो | ||
सिजनामा मस्त त रहेकै | सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाइ | ||
श्रोतवर्गमा विस्ता गर्नुभा अर्को आनन्द प्रादुभाव हुँदोरहेछ । उता | |||
अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा | अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा | ||
सजीव | सजीव विस्तार ! | ||
त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई | त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई | ||
राम्रो | राम्रो चित्र निकाल्न मुस्किल पर्दछ । उहाँलाइ मैले त्यस बेला एउटा | ||
धँसिया गीत 'मुनामदऩ भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि | |||
राम्रै छ, | राम्रै छ, सायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति–वर्णनमा | ||
सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका | सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका विषयमा उहाँको रायमा म | ||
त्यत्तिको राम्ररी | त्यत्तिको राम्ररी आइपुगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा | ||
मेरा | मेरा रचनाहरु पनि निक्कै बेस होलान् भन्ने आशा प्रकट गर्नुभयो । | ||
त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ | त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गने मौका | ||
पाउँदिनथें | पाउँदिनथें किनकि मलाई जीवनसंग्रामका हौंटहौंट ठुलो थियो । | ||
अहिले मलाई खेद लाग्छ किन त्यस्ता | अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरुको सङ्ग | ||
गर्न | गर्न पाउँदा–पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरें । | ||
हामीलाइ सङ्गतको मूल्य याद हुँदैन ! हामी बिचमा रहने, हिंड्ने देवहरु | |||
छाया | छाया झैं गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले | ||
मोल | मोल थाहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरु | ||
देशका सामुन्ने अपरिचित | देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरु दिव्य सन्देश लिएर आएका |
Revision as of 21:21, 20 June 2025
भोटोको साथ पूर्वको झ्यालतिर विछ्याएको लम्पटमा बस्नु भएको देखें । उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो आफ्नै कविताका ध्वनि र बनौटमा । नजिकमा भर्खर व्रतबन्ध गरेको चन्द्रनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको छोरो भन्ने उहाँकै मुखारबिन्दबाट मैले सुनें ! उसैले कविताहरु कण्ठ पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारिफ गर्नुहुन्थ्यो र लडको पनि तारिफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' नाटक प्रायः समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर हँसिलो मुहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरु अनुप्रासको मिठास भएका ध्वनिहरुमा जोड दिंदै उच्चारण गरेर सुनाउनमा सोख लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरु आफ्नो सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाइ श्रोतवर्गमा विस्ता गर्नुभा अर्को आनन्द प्रादुभाव हुँदोरहेछ । उता अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा सजीव विस्तार !
त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई राम्रो चित्र निकाल्न मुस्किल पर्दछ । उहाँलाइ मैले त्यस बेला एउटा धँसिया गीत 'मुनामदऩ भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि राम्रै छ, सायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति–वर्णनमा सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका विषयमा उहाँको रायमा म त्यत्तिको राम्ररी आइपुगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा मेरा रचनाहरु पनि निक्कै बेस होलान् भन्ने आशा प्रकट गर्नुभयो । त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गने मौका पाउँदिनथें किनकि मलाई जीवनसंग्रामका हौंटहौंट ठुलो थियो ।
अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरुको सङ्ग गर्न पाउँदा–पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरें । हामीलाइ सङ्गतको मूल्य याद हुँदैन ! हामी बिचमा रहने, हिंड्ने देवहरु छाया झैं गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले मोल थाहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरु देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरु दिव्य सन्देश लिएर आएका