Jump to content

Page:Shakuntala.pdf/6: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|
॥:श्री:॥
॥:श्री:॥

'''नेपाली शाकुन्तल महाकाव्य'''
'''नेपाली शाकुन्तल महाकाव्य'''

<big>'''प्रथम सर्ग'''</big>
{{larger|'''प्रथम सर्ग'''}}

'''(शार्दूलविक्रीडित)'''
'''(शार्दूलविक्रीडित)'''
}}

{{center block|
<poem>
<poem>
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।

नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ॥  
::नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ॥  
बिर्से झैँ "भन को तिमी" यति भनी गौरी रुलाईकन ।

मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥
::मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥
(१)
{{pcn|(१)}}

चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।

गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥
::गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।  

त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ॥
::त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ॥
(२)
{{pcn|(२)}}

मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।

हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥
::हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै ।

फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥
::फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥
(३)
{{pcn|(३)}}

बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।

हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥
::हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली ।

श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ॥
::श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ॥
(४)
{{pcn|(४)}}
</poem>
</poem>}}

Revision as of 00:20, 8 February 2025

This page has been proofread

॥:श्री:॥

नेपाली शाकुन्तल महाकाव्य

प्रथम सर्ग

(शार्दूलविक्रीडित)