Page:Bhikari.pdf/7: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem class="stanzacontinue"> | ||
हेर आँसुका खहरेहरूका | हेर आँसुका खहरेहरूका | ||
:::मुखमा खोंच परेको, | :::मुखमा खोंच परेको, |
Revision as of 12:08, 8 February 2025
This page has been proofread
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेको,
दिन दिनको त्यो छातीमाथी
चिरा चरक्क चिरेको ।
४
अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै,
'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
'चामल एक मुठी ।'
५
मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन ।
भाईहरुसँग भिक्षाको यो
मुठी दयाको याचना ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।
६
को होला यो, कसको छोरा ?
कसको बाबु गरीब ?