Page:Shakuntala.pdf/10: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 20: | Line 20: | ||
"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् । | "नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् । | ||
::मानो शावकतुल्य नाच्छ वनमा | ::मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥ | ||
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो । | पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो । | ||
::पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥ | ::पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥ | ||
Line 32: | Line 32: | ||
"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको । | "हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको । | ||
::जो | ::जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥ | ||
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी । | नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी । | ||
::पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥ | ::पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 21:37, 10 June 2025
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥
(२३)
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥
(२४)
"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
(२५)
"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
(२६)
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥
(२७)
"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥
(२८)