Page:Shakuntala.pdf/9: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 32: | Line 32: | ||
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी । | गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी । | ||
::नाचीथी बिजुली, | ::नाचीथी बिजुली, जुहारहरुका झल्झल् लडेथे लडी ॥ | ||
उर्लेको खहरे तिनै सुर लिई | उर्लेको खहरे तिनै सुर लिई हाम्फाल्नको हड्बडी । | ||
::गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥ | ::गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 23:30, 7 June 2025
भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥
(१७)
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥
(१८)
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥
(१९)
के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्चके ।
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥
(२०)
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥
(२१)
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जुहारहरुका झल्झल् लडेथे लडी ॥
उर्लेको खहरे तिनै सुर लिई हाम्फाल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥
(२२)