Page:Shakuntala.pdf/10: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू । | "मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू । | ||
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥ " | ::बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥" | ||
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले । | भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले । | ||
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥ | ::"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥ | ||
(२३) | {{pcn|(२३)}} | ||
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका । | मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका । | ||
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥ | ::वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥ | ||
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन । | ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन । | ||
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥ | ::बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥ | ||
(२४) | {{pcn|(२४)}} | ||
"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो । | "बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो । | ||
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥ | ::हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥ | ||
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' । | भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' । | ||
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥ | ::लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥ | ||
(२५) | {{pcn|(२५)}} | ||
"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् । | "नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् । | ||
मानो शावकतुल्य नाच्छ वनमा | ::मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥ | ||
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो । | पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो । | ||
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥ | ::पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥ | ||
(२६) | {{pcn|(२६)}} | ||
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी । | जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी । | ||
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥ | ::रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥ | ||
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन । | घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन । | ||
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥ | ::काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥ | ||
(२७) | {{pcn|(२७)}} | ||
"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको । | "हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको । | ||
जो | ::जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥ | ||
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी । | नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी । | ||
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् | ::पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥ | ||
(२८) | {{pcn|(२८)}} | ||
</poem> | </poem>}} |
Latest revision as of 21:37, 10 June 2025
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥
(२३)
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥
(२४)
"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
(२५)
"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
(२६)
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥
(२७)
"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥
(२८)