Jump to content

Page:Shakuntala.pdf/9: Difference between revisions

From Nepali Proofreaders
Srj (talk | contribs)
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।

अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥  
::अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥  
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।

होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥  
::होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥  
(१७)
{{pcn|(१७)}}

भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।

स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥  
::स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥  
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।  

पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥  
::पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥  
(१८)
{{pcn|(१८)}}

दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।

ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥  
::ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥  
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥  
::"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥  
(१९)
{{pcn|(१९)}}

के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?

नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
::नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्‌चके ।

"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥  
::"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥  
(२०)
{{pcn|(२०)}}

कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥  
::कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥  
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?

गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥  
::गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥  
(२१)
{{pcn|(२१)}}

गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।

नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी ॥
::नाचीथी बिजुली, जुहारहरुका झल्झल् लडेथे लडी ॥
उर्लेको खहरे तिनै सुर  लिई हाम्फल्नको हड्बडी ।
उर्लेको खहरे तिनै सुर  लिई हाम्फाल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥  
::गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥  
(२२)
{{pcn|(२२)}}
 
</poem>}}
</poem>

Latest revision as of 23:30, 7 June 2025

This page has been proofread

भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥
(१७)

भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥
(१८)

दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥
(१९)

के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्‌चके ।
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥
(२०)

कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥
(२१)

गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जुहारहरुका झल्झल् लडेथे लडी ॥