Jump to content

Page:Tarun tapasi.pdf/109: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 27: Line 27:
{{pcn|२२}}
{{pcn|२२}}
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
::भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
::भर्‍यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
::कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥
::कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥
Line 35: Line 35:
::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
::चलेका छन ऐले भुवनभर गोरोचन घसी ॥
::चलेका छन् ऐले भुवनभर गोरोचन घसी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:53, 18 June 2025

This page has been validated

१८
विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
वहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥

१९
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृत-करका साबुन दली ।
चुहाई चौतर्फी अमृत-रसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?

२०
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा ।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥

२१
स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी
किनारामा उत्री किरण-फुहरामा जल भरी ।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?

२२
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
भर्‍यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥

२३
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन् ऐले भुवनभर गोरोचन घसी ॥