Page:Tarun tapasi.pdf/95: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि । | ::कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि । | ||
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ | पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ | ||
:: | ::गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} |
Latest revision as of 16:04, 17 June 2025
This page has been validated
१२
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥
१३
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थेँ अति कठिन भित्री विपदमा ॥
१४
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदेवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयेँ
कसैका आँखामा अति जहरिलो नाग म थियेँ ॥