Page:Shakuntala.pdf/78: Difference between revisions
→Not proofread: Created page with "हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई । पूजा गरेर दिलले जलसाथ हेछौं॥ कल्पद्दुमादि जसमा लटरम्म (२८) फुन्छन्॥ छन् बालनृत्यहरुले सब स्वर्ग टम्म । बिग्रिन्छ प्रौढहरुको जन बुद्धि सा..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई । | हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई । | ||
पूजा | ::पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥ | ||
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म । | |||
::कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥ | |||
{{pcn|(२८)}} | |||
बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा । | |||
::वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥ | |||
त्यो कालमा शिशु अविकृत शान्त हाँसी । | |||
::रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥ | |||
{{pcn|(२९)}} | |||
त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने । | |||
::देखेर सत्य खँदिलो नभबीच ऊँचा ॥ | |||
जो भावको गति छ त्यो यदि आज पाऊँ । | |||
::यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥ | |||
{{pcn|(३०)}} | |||
खेली कुँदेर छरिता पदसाथ नाची । | |||
::हाँसेर हेर जगतैकन यो उदासी ॥ | |||
आह्लादको रस भरूँ कि भनेर ईश । | |||
::आए बनेर शिशु गर्न सुचारु लीला ॥ | |||
{{pcn|(३१)}} | |||
खेली | |||
हाँसेर हेर जगतैकन यो उदासी ॥ | |||
आह्लादको रस | |||
आए बनेर शिशु गर्न सुचारु लीला ॥ | |||
( | |||
यो दुःखको जलधिमा यदि मिल्छ एक । | यो दुःखको जलधिमा यदि मिल्छ एक । | ||
::आनन्दको लहर रश्मिप्रसन्न चारु ॥ | |||
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥ | |||
तारा कतै छ तममा यदि जिन्दगीको । | तारा कतै छ तममा यदि जिन्दगीको । | ||
त्यो हो | ::त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥ | ||
(३२) | {{pcn|(३२)}} | ||
सानी शकुन्त-सँगिनी हँसिली भएर । | सानी शकुन्त-सँगिनी हँसिली भएर । | ||
::पन्छीहरूसँग मिलीकन बार बार ॥ | |||
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र । | |||
::रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥ | |||
{{pcn|(३३)}} | |||
</poem>}} | |||
Latest revision as of 17:09, 1 March 2025
हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई ।
पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म ।
कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
(२८)
बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा ।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥
त्यो कालमा शिशु अविकृत शान्त हाँसी ।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)
त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने ।
देखेर सत्य खँदिलो नभबीच ऊँचा ॥
जो भावको गति छ त्यो यदि आज पाऊँ ।
यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥
(३०)
खेली कुँदेर छरिता पदसाथ नाची ।
हाँसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश ।
आए बनेर शिशु गर्न सुचारु लीला ॥
(३१)
यो दुःखको जलधिमा यदि मिल्छ एक ।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कतै छ तममा यदि जिन्दगीको ।
त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२)
सानी शकुन्त-सँगिनी हँसिली भएर ।
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र ।
रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥
(३३)