Page:Shakuntala.pdf/4: Difference between revisions
No edit summary |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''वक्तव्य'''}}}} | |||
नेपाली महाकाव्य आइसल्याण्डको सर्पजस्तो थियो । मलाई अभाव पूरा | नेपाली महाकाव्य आइसल्याण्डको सर्पजस्तो थियो । मलाई अभाव पूरा | ||
Line 13: | Line 13: | ||
महिनामा रचना तीन वर्षको पढाइ' भन्ने उखान निक्लेला जस्तो छ । पट्टयार | महिनामा रचना तीन वर्षको पढाइ' भन्ने उखान निक्लेला जस्तो छ । पट्टयार | ||
जरूर लाग्ला । पण्डितहरूलाई ठाउँ-ठाउँमा आधुनिकताले तर्साउँछ, | जरूर लाग्ला । पण्डितहरूलाई ठाउँ-ठाउँमा आधुनिकताले तर्साउँछ, | ||
ग्रयाजुएटलाई संस्कृतले, साधारण पाठकलाई विचारको र शब्दको क्लिष्ट | |||
नवीनताले । म पर्छु बीचको शून्यमा । लोकप्रियता टाढै रहोस्, बुझेर पढिदिने | नवीनताले । म पर्छु बीचको शून्यमा । लोकप्रियता टाढै रहोस्, बुझेर पढिदिने | ||
एक हातको औंलामा गन्न पाए काफी छ । दोस्रो संस्करणमा यसलाई राम्रोसँग | एक हातको औंलामा गन्न पाए काफी छ । दोस्रो संस्करणमा यसलाई राम्रोसँग | ||
संशोधन | संशोधन गरूँला भन्ने आशा गर्छु । अहिले त्रुटि धेरै होलान् । म सदा | ||
समालोचकको त्रासमा रहन्छु । हुन त समालोचकको छेड कतै | समालोचकको त्रासमा रहन्छु । हुन त समालोचकको छेड कतै कुतकुत्याउँछ, | ||
चिलाउने ठाउँमा कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुङ मार्छ, घाउ | चिलाउने ठाउँमा कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुङ मार्छ, घाउ | ||
चिरिदिन्छ, रालसिङान पुछ्दछ । व्याकरणले | चिरिदिन्छ, रालसिङान पुछ्दछ । व्याकरणले तर्कुल्या-बर्धन्याको दायाँ-बायाँको | ||
ठाउँ-ठाउँमा मिलेन भनेर नाक | घुम्टाे ठाउँ-ठाउँमा मिलेन भनेर नाक चेप्रयाउने अवकाश कहीं पाउला तर | ||
रसिक अर्कै चीजमा रमाउला । | रसिक अर्कै चीजमा रमाउला । | ||
कविता कोमलवनिता <br/> | :'''कविता कोमलवनिता''' <br/> | ||
रसयति रसिक रसेन सम्मिलिता | :'''रसयति रसिक रसेन सम्मिलिता''' | ||
तब धेरै किन ? यो एउटा | तब धेरै किन ? यो एउटा भगीरथको गङ्गा हो, थाप्लामा बोक्न | ||
मुश्किल छ, एक बार यस्तै भयो । पछि अझ राम्रो | मुश्किल छ, एक बार यस्तै भयो । पछि अझ राम्रो गरूँला । | ||
लक्ष्मीप्रसाद देवकोटा <br/> | '''लक्ष्मीप्रसाद देवकोटा''' <br/> | ||
डिल्लीबजार | डिल्लीबजार |
Latest revision as of 12:38, 25 May 2025
नेपाली महाकाव्य आइसल्याण्डको सर्पजस्तो थियो । मलाई अभाव पूरा गर्ने इच्छा पह्लाएर आएकोले लेखेँ । लेखेँ तीनै महिनामा राति राति बसेर फुर्सदमा । कलम बिजुली झैं दौडयो, तर कति उज्यालो आयो म भन्न सक्तिनँ । समितिको व्याकरणमुताबिक लेख्ने प्रयास गरेकीले ठाउँ-ठाउँमा वैयाकरण- बलिदान दिनुपरेको स्पष्ट देखिएला । पुरानो शैली नै अपनाउन खोजियो- वार्णिक छन्दमा । विस्तार नै यसको गुण र अवगुण होला । के यो नेपालीमा प्रदान ठहरिन सक्छ ? त्यो भविष्यको नजरलाई । अहिले अभावपूर्तिको रूपमा खडा छ । ६०० पेज पुग नपुग, तीन महिनाको फुर्सद-फुर्सदको काम, कति राम्रो भइहाल्यो होला र ? संस्कृत प्रचुर मात्रामा प्रयोग गरेको देखिएला । त्यो म सम्झन्छु यस किसिमका रचनालाई आवश्यकीय। ज्यादा लामो हुनाले 'तीन महिनामा रचना तीन वर्षको पढाइ' भन्ने उखान निक्लेला जस्तो छ । पट्टयार जरूर लाग्ला । पण्डितहरूलाई ठाउँ-ठाउँमा आधुनिकताले तर्साउँछ, ग्रयाजुएटलाई संस्कृतले, साधारण पाठकलाई विचारको र शब्दको क्लिष्ट नवीनताले । म पर्छु बीचको शून्यमा । लोकप्रियता टाढै रहोस्, बुझेर पढिदिने एक हातको औंलामा गन्न पाए काफी छ । दोस्रो संस्करणमा यसलाई राम्रोसँग संशोधन गरूँला भन्ने आशा गर्छु । अहिले त्रुटि धेरै होलान् । म सदा समालोचकको त्रासमा रहन्छु । हुन त समालोचकको छेड कतै कुतकुत्याउँछ, चिलाउने ठाउँमा कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुङ मार्छ, घाउ चिरिदिन्छ, रालसिङान पुछ्दछ । व्याकरणले तर्कुल्या-बर्धन्याको दायाँ-बायाँको घुम्टाे ठाउँ-ठाउँमा मिलेन भनेर नाक चेप्रयाउने अवकाश कहीं पाउला तर रसिक अर्कै चीजमा रमाउला ।
- कविता कोमलवनिता
- रसयति रसिक रसेन सम्मिलिता
तब धेरै किन ? यो एउटा भगीरथको गङ्गा हो, थाप्लामा बोक्न मुश्किल छ, एक बार यस्तै भयो । पछि अझ राम्रो गरूँला ।
लक्ष्मीप्रसाद देवकोटा
डिल्लीबजार