Jump to content

Page:Tarun tapasi.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३४}}
{{pcn|३४}}
त्यसै वेला यौटा विधि-नियमको दर्पण बनी
त्यसै वेला यौटा विधि-नियमको दर्पण बनी
::चुँडेको चङ्गा झैं शिथिल रविको मण्डल पनि ।
::चुँडेको चङ्गा झैँ शिथिल रविको मण्डल पनि ।
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
::गुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥
::गुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥


{{pcn|३५}}
{{pcn|३५}}
झर्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
झर्‍यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
::विवेकाऽऽलोक-श्री रहित मनझैं मन्दमतिको ।
::विवेकाऽऽलोक-श्री रहित मनझैँ मन्दमतिको ।
डुबें त्यै कालो तम-जलधिमा त्यो समयमा
डूबेँ त्यै कालो तम-जलधिमा त्यो समयमा
::घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा ॥
::घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा ॥



Latest revision as of 16:24, 10 June 2025

This page has been validated

३४
त्यसै वेला यौटा विधि-नियमको दर्पण बनी
चुँडेको चङ्गा झैँ शिथिल रविको मण्डल पनि ।
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
गुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥

३५
झर्‍यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
विवेकाऽऽलोक-श्री रहित मनझैँ मन्दमतिको ।
म डूबेँ त्यै कालो तम-जलधिमा त्यो समयमा
घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा ॥

३६
यसरि हृदय-हारी भाव-गम्भीर भारी
सरस सरस सानू सूक्ति-निस्यन्द झारी ।
मुनिवर बनिहाले मौनभावाऽभिराम
अलिछिन मन मेरो चक्करायो तमाम ॥