Page:Shakuntala.pdf/75: Difference between revisions
→Not proofread: Created page with "उषा उज्र्याली घनकेशवाली । सुवर्णवातायनबीच बत्ती ॥ बाली, जसै “स्वागत अंशुमाली ।” भन्थिन, हवाभित्र सुगन्ध हाली ॥ भन्थिन् तिनी 'स्वर्ग खुल्यो मुमाको ।” गुलाफबारीहरुको सुगन्ध ॥ सुँ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उषा | {{center block| | ||
सुवर्णवातायनबीच | <poem> | ||
बत्ती ॥ | उषा उज्याली घनकेशवाली । | ||
बाली, जसै | ::सुवर्णवातायनबीच बत्ती ॥ | ||
बाली, जसै "स्वागत अंशुमाली ।" | |||
::भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥ | |||
गुलाफबारीहरुको | भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।" | ||
सुगन्ध ॥ | ::गुलाफबारीहरुको सुगन्ध ॥ | ||
सुँघेर बग्दी सुनमा सुगन्ध । | सुँघेर बग्दी सुनमा सुगन्ध । | ||
{{pcn|(११)}} | |||
(वसन्ततिलका) | {{pcn|'''(वसन्ततिलका)'''}} | ||
ऐनासमान हलपी जलतुल्य साफ । | ऐनासमान हलपी जलतुल्य साफ । | ||
निष्पाप | ::निष्पाप शुद्ध दिलमा नभएर ताप ॥ | ||
शुद्ध | |||
दिलमा | |||
नभएर | |||
ताप ॥ | |||
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग । | मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग । | ||
::आनन्दको सुन सुगन्ध लिएर भल्की ॥ | |||
{{pcn|(१२)}} | |||
नालासमान तिनका पद नृत्य गर्छन् । | |||
::चाञ्चल्यको सरल सुन्दरता लिएर ॥ | |||
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई । | |||
::फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥ | |||
{{pcn|(१३)}} | |||
जादूनिकेतनसमान समस्त विश्व । | जादूनिकेतनसमान समस्त विश्व । | ||
::आनन्दको छ जसको गहिरो रहस्य ॥ | |||
जो रूपरङ्गहरुको छ अनन्त टूना । | जो रूपरङ्गहरुको छ अनन्त टूना । | ||
::त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन् ॥ | |||
त्यो बालनिम्ति छ अरू | {{pcn|(१४)}} | ||
(१४) | |||
जो साधुले भजिरहे युगसम्म लाखौं । | जो साधुले भजिरहे युगसम्म लाखौं । | ||
जो भाव दुर्गम | ::जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥ | ||
जो भोग्छ ईशपति बाल बनेर आई । | जो भोग्छ ईशपति बाल बनेर आई । | ||
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ | ::त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ । | ||
{{pcn|(१५)}} | |||
</poem>}} |
Latest revision as of 21:00, 26 February 2025
उषा उज्याली घनकेशवाली ।
सुवर्णवातायनबीच बत्ती ॥
बाली, जसै "स्वागत अंशुमाली ।"
भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।"
गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
(११)
(वसन्ततिलका)
ऐनासमान हलपी जलतुल्य साफ ।
निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग ।
आनन्दको सुन सुगन्ध लिएर भल्की ॥
(१२)
नालासमान तिनका पद नृत्य गर्छन् ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई ।
फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
(१३)
जादूनिकेतनसमान समस्त विश्व ।
आनन्दको छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन् ॥
(१४)
जो साधुले भजिरहे युगसम्म लाखौं ।
जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई ।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ।
(१५)