Jump to content

Page:Shakuntala.pdf/65: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चन्द्रमा टिप्नको चाहमा बाहुली । प्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥ मालिनीतीरका केलिकौतूहला छालका शब्दले । बालिका ५) बन्दधिन्‌ ॥ तारका झल्किँदो फूलमा नीरको । चम्किँदा चक्ष..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
चन्द्रमा टिप्नको चाहमा बाहुली ।
चन्द्रमा टिप्नको चाहमा बाहुली ।
::फ्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
::केलिकौतूहला बालिका बन्दथिन्‌ ॥
{{pcn|(५)}}


प्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं
तारका झल्किँदो झूलमा नीरको ।
::चम्किँदा चक्षुका चारु चम्काइले
चञ्चले चालले सुन्दरी बालिका ।
::हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥
{{pcn|(६)}}


मालिनीतीरका
केलिकौतूहला
छालका शब्दले ।
बालिका
५)
बन्दधिन्‌ ॥
तारका झल्किँदो फूलमा नीरको ।
चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले' सुन्दरी: बालिका ।
हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥
(६)
वायुले झस्किँदा स्नायु ती पातका ।
वायुले झस्किँदा स्नायु ती पातका ।
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥
::दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥
 
पुष्पको कोपिलातुल्य आधी खुला
पुष्पको कोपिलातुल्यआव जुन
::चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥
चक्षु ती चुम्दथ्यो
{{pcn|(७)}}
 
सफा ॥
 
(७)


वायुमा वन्य ती वासले बेलिँदा ।
वायुमा वन्य ती वासले बेलिँदा ।
 
::पालुवामा हुने हिल्नको प्रेरणा ॥
पालुवामा
 
हुने
 
हिल्नको
 
प्रेरणा ॥
 
केलि आनन्दको त्यो हवेलीविषे ।
केलि आनन्दको त्यो हवेलीविषे ।
नालका चालमा तालमा ल्याउँघ्यो
::बालका चालमा तालमा ल्याउँथ्यो
(८)
{{pcn|(८)}}


एक लाली चढ्यो पश्चिमी फेरमा ।
एक लाली चढ्यो पश्चिमी फेरमा ।
सान्ध्य आकाशको पक्षमाला घरी
::सान्ध्य आकाशको पक्षमाला धरी
 
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
दिव्य सङ्घारमा स्वर्गको उघिँदो
::दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो
(९)
{{pcn|(९)}}
 
हुस्सु झै पातको चारु पोल्टो भरी ।


तारकाका लिई दिव्य दानाहरू ॥
हुस्सु झैं पातको चारु पोल्टो भरी ।
::तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।
मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।
::शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
{{pcn|(१०)}}


'शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
</poem>}}
4१०)

Latest revision as of 16:24, 26 February 2025

This page has been proofread

चन्द्रमा टिप्नको चाहमा बाहुली ।
फ्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
केलिकौतूहला बालिका बन्दथिन्‌ ॥
(५)

तारका झल्किँदो झूलमा नीरको ।
चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले सुन्दरी बालिका ।
हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥
(६)

वायुले झस्किँदा स्नायु ती पातका ।
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥
पुष्पको कोपिलातुल्य आधी खुला ।
चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥
(७)

वायुमा वन्य ती वासले बेलिँदा ।
पालुवामा हुने हिल्नको प्रेरणा ॥
केलि आनन्दको त्यो हवेलीविषे ।
बालका चालमा तालमा ल्याउँथ्यो ॥
(८)

एक लाली चढ्यो पश्चिमी फेरमा ।
सान्ध्य आकाशको पक्षमाला धरी ॥
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो ॥
(९)

हुस्सु झैं पातको चारु पोल्टो भरी ।
तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।
शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
(१०)