Jump to content

Page:Shakuntala.pdf/62: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नौलो स्वादु जगत्‌ अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । नाच्छन्‌ नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ “बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे । पन्छीले नभबीच नृत्यहरुल..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
नौलो स्वादु जगत्‌ अनन्त छ मुना टूना त्यहाँ गुन्गुन ।
नौलो स्वादु जगत्‌ अनन्त छ मुना टूना त्यहाँ गुन्गुन ।
नाच्छन्‌ नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥
::नाच्छन्‌ नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥
“बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे ।
"बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि बोलूँ गरे ।
::पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥
{{pcn|(३५)}}


पन्छीले
"को को हो" सित कोकिला मृदुगला सोध्थी सुखी चञ्चल ।
::"पाक्यो काफल" सोद्धछन्‌ खग सुनी हाँस्थे फुकी कोपिला ॥
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली ।
::साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर्‌ गरी कोरली ॥
{{pcn|(३६)}}


नभबीच
फुल्थिन्‌ लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा ।  
 
::खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥
नृत्यहरुले
 
बोले
 
बनी
 
फर्फरे॥
 
(३५)
 
"को को हो” सित कोकिला मृदुगला सोध्यी सुखी चञ्चल ।
 
"पाक्यो काफल"सोद्धछन्‌ खग सुनी हाँस्थे फुकी कोपिला ॥
 
लागै खेल्न अनेक
 
पातसँगमा क्या पासली पोसली ।
 
साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर्‌ गरी कोरली ॥
(३६)
 
फुल्थिन्‌ लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा ।
%
खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन्‌ वल्लरी ।
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन्‌ वल्लरी ।
हीरा लुर्कन लाउँदा वनभरी: ती रातमा भल्लरी
::हीरा लुर्कन लाउँदा वनभरी ती रातमा झल्लरी
 
{{pcn|(३७)}}
(२७)
 
पन्ना प्रस्फुट त्यो वसन्त ञ्रतुको कुँद्थ्यो छिनोले कुनै ।
हीरा
 
खेल्न
 
विभिन्न
 
रङ्गहरु छन्‌ भूस्वर्ग
 
गर्ने


पन्ना प्रस्फुट त्यो वसन्त ऋतुको कुँद्थ्यो छिनोले कुनै ।
::हीरा खेल्न विभिन्न रङ्गहरु छन्‌ भूस्वर्ग गर्ने वनै ॥
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे ।
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे ।
पग्ली पड्ख त्यहाँ बिहानपखमा
::पग्ली पङ्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥
 
{{pcn|(३८)}}
मोती बनी
 
वनै ॥
 
गुड्दथे ॥
 
(३८)
 
छल्कन्थिन्‌ जल ढहिक॒दा किरणमा भङ्गीमयी निम्नगा ।


झल्कन्धिन्‌ अनि माघुरी प्रकृतिकी चल्मल्‌ गरी रत्नदा ॥
छल्कन्थिन्‌ जल ढल्किंदा किरणमा भङ्गीमयी निम्नगा ।
::झल्कन्थिन्‌ अनि माघुरी प्रकृतिकी चल्मल्‌ गरी रत्नदा ॥
बल्कन्थिन्‌ कलिला नशा लहरमा लाली बनी कल्कली ।
बल्कन्थिन्‌ कलिला नशा लहरमा लाली बनी कल्कली ।
::ढल्कन्थिन्‌ जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥
{{pcn|(३९)}}


ढल्कन्थिन्‌ जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥
ताजा स्वादु हरा रँगीन मदिरा पोख्थे त्यहाँ अप्सरा ।
(३९)
::बन्थे ती रँग ओठमा कुसुमका बैंसालु चढ्दा सुरा ॥
 
टूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा ।
ताजा स्वादु हरा रँगीन मदिरा पोख्ये त्यहाँ अप्सरा ।
::मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन्‌ विरङ्गी कुरा ॥
 
{{pcn|(४०)}}
बन्धे ती रँग ओठमा कृसुमका नैसालु चढ्दा सुरा ॥
 
दूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा ।
मीठा
 
वन्य
 
तरङ्ग
 
रङ्ग दगुरी
 
(४०)
 
गर्थिन्‌ विरङ्गी
 
कुरा ॥


१७
</poem>}}

Latest revision as of 15:50, 26 February 2025

This page has been proofread

नौलो स्वादु जगत्‌ अनन्त छ मुना टूना त्यहाँ गुन्गुन ।
नाच्छन्‌ नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥
"बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि बोलूँ गरे ।
पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥
(३५)

"को को हो" सित कोकिला मृदुगला सोध्थी सुखी चञ्चल ।
"पाक्यो काफल" सोद्धछन्‌ खग सुनी हाँस्थे फुकी कोपिला ॥
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली ।
साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर्‌ गरी कोरली ॥
(३६)

फुल्थिन्‌ लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा ।
खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन्‌ वल्लरी ।
हीरा लुर्कन लाउँदा वनभरी ती रातमा झल्लरी ॥
(३७)

पन्ना प्रस्फुट त्यो वसन्त ऋतुको कुँद्थ्यो छिनोले कुनै ।
हीरा खेल्न विभिन्न रङ्गहरु छन्‌ भूस्वर्ग गर्ने वनै ॥
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे ।
पग्ली पङ्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥
(३८)

छल्कन्थिन्‌ जल ढल्किंदा किरणमा भङ्गीमयी निम्नगा ।
झल्कन्थिन्‌ अनि माघुरी प्रकृतिकी चल्मल्‌ गरी रत्नदा ॥
बल्कन्थिन्‌ कलिला नशा लहरमा लाली बनी कल्कली ।
ढल्कन्थिन्‌ जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥
(३९)

ताजा स्वादु हरा रँगीन मदिरा पोख्थे त्यहाँ अप्सरा ।
बन्थे ती रँग ओठमा कुसुमका बैंसालु चढ्दा सुरा ॥
टूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा ।
मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन्‌ विरङ्गी कुरा ॥
(४०)