Jump to content

Page:Tarun tapasi.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 16: Line 16:
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
::ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी ।
::ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी ।
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्यो
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्‍यो
::भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्यो
::भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्‍यो


{{pcn|२५}}
{{pcn|२५}}
Line 27: Line 27:
{{pcn|२६}}
{{pcn|२६}}
कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको
कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको
::कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको
::कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको !
विधाताले मानू क्षणिकतम उत्थान-पतन
विधाताले मानू क्षणिकतम उत्थान-पतन
::क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥
::क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥

Latest revision as of 17:31, 6 June 2025

This page has been validated

२२
म तेही लीलाले विकसित भयेकै समयमा
ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा ।
कुनै चङ्गा आयेँ गगन-बिच खेल्दै लडिबुडी
थियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी ॥

२३
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी ।
उदेकाई थालेँ सरल मनले गम्न म पनि
विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥

२४
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी ।
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्‍यो
भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्‍यो ॥

२५
थिये खाली दोटा करङ बिचराका, तिनि पनि
उडायो कौवाले लगिकन बनाऊँ गुँड भनी ।
जटामा अल्झेको फगत रिलधागो अलिकति
रह्यो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति ॥

२६
कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको
कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको !
विधाताले मानू क्षणिकतम उत्थान-पतन
क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥

२७
अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी ।
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
बिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥