Jump to content

Page:Shakuntala.pdf/58: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो । लज्जा मुस्किन खोज्छ झै हुन यो बाक्लो बनी व्यर्थमा ॥ नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कृती । भागूँ क्यार अगाडिबाट उनको..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो ।
झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो ।
 
::लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥
लज्जा मुस्किन खोज्छ झै हुन यो बाक्लो बनी व्यर्थमा ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती
 
::भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कृती
{{pcn|(११)}}
भागूँ क्यार अगाडिबाट
 
उनको
 
जस्तो गराई
 
कति ॥
 
फो)


धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी ।
धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी ।
अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
::अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
 
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
::केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन्‌ मेनका ॥
{{pcn|(१२)}}


केही कष्ट नभै वसन्त त्रातुमा आमा भइन्‌ मेनका ॥
देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो ।
 
::केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥
देख्तामा शिशु काखमा
चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि ।
 
::हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥
(१२)
{{pcn|(१३)}}
 
युवतिको
 
राजर्षिमा ज्ञान भो ।
 
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥
चाँडै नै तर अगिन शान्त हुने गो ठण्डा बनी क्यै अलि ।
हाँसे मुस्स सुधांशु झै घनहरू
 
थाड्ना बनेका दिन ॥
 
)


औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
 
::गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
 
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
 
::देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि
देखी दङ्ग हुँदा झसङ्ग मनमा भस्के त्यहाँ ती ग्रषि
{{pcn|(१४)}}
(१४)


लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ?
लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ?
लौ
::बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन्‌ ?
 
लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
वुँहलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन्‌ ?
::आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥"
 
{{pcn|(१५)}}
परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
 
आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थ म उस्तै भएँ॥”
(१५)
 
चुट्की दी चुचु! साथ चारु नयनीलाई


हेँसाईकन
चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन
::"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥
पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन्‌ उठी ती ऋषि ।
::थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥
{{pcn|(१६)}}


“घाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥
</poem>}}
पापा खोज्न म जान्नै जान्छु तपमा" भन्छन्‌ उठी ती त्राषि ।
थाड्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥
)

Latest revision as of 15:22, 26 February 2025

This page has been proofread

झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो ।
लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती ।
भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥
(११)

धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी ।
अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन्‌ मेनका ॥
(१२)

देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो ।
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥
चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि ।
हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥
(१३)

औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि ॥
(१४)

लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ?
बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन्‌ ?
लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥"
(१५)

चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन ।
"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥
पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन्‌ उठी ती ऋषि ।
थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥
(१६)