Page:Shakuntala.pdf/363: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
न्यानो कोमलता लिएर रविले फारेर | न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू । | ||
::सेतो प्रोज्ज्वलता बनी झिलिमिली | ::सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥ | ||
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग । | हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग । | ||
::शीत श्वासित | ::शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
डुल्दै शीतल | डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई । | ||
::ओर्ले कश्यपका | ::ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥ | ||
हावा त्यो सुख | हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन । | ||
::पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥ | ::पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा । | ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा । | ||
::पातै मग्मग वासका | ::पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥ | ||
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका । | |||
::मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥ | ::मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि । | हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि । | ||
::नौला ढङ्ग मिठासले तरुभरी | ::नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी ॥ | ||
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू । | |||
::गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥ | ::गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:42, 31 May 2025
न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥
(१)
डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी ॥
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)