Page:Shakuntala.pdf/372: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रोई तिनी पनि थचक्क | रोई तिनी पनि थचक्क बसेर घूँ घूँ । | ||
::रोइन्, बने उर खसेर उचालिँदा ती ॥ | |||
रोए त्यहाँ सकल मानव वेदनामा । | रोए त्यहाँ सकल मानव वेदनामा । | ||
टल्पल् गरेर जलमा | ::टल्पल् गरेर जलमा दुइ देखिनाले ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
दोटै गला | दोटै गला अब मिलेर भिजेर रुन्छन् । | ||
आत्मा छ | ::आत्मा छ बर्बर दुवै रसिला कणामा ? | ||
सिद्धिन्छु | सिद्धिन्छु झैं दुख दगुर्दछ शीघ्र चारु । | ||
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥ | ::गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥ | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
मानो छ आँसु यति भाव प्रकाश गर्दो । | मानो छ आँसु यति भाव प्रकाश गर्दो । | ||
"हा नाथ, के गरि बिते | ::"हा नाथ, के गरि बिते निठुरी हुनाले ॥ | ||
हा प्राण, के गरि जिएँ पछि | हा प्राण, के गरि जिएँ पछि सम्झिनाले । | ||
यो प्राण आतुर उडेन कडा हुनाले ॥" | ::यो प्राण आतुर उडेन कडा हुनाले ॥" | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी । | "हा ! बिर्सिने पुरुष हैन म फूल मेरी । | ||
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥ | ::स्वर्गीय वासहरुकी रसिली प्रसून ॥ | ||
त्यो क्रूरता यदि सचेत भए म जल्थें । | |||
::मूर्छा भएर म बचें विधिको टुनाले ॥ | |||
{{pcn|(५६)}} | {{pcn|(५६)}} | ||
यादै भएन तर विस्मृति ढाकिनाले । | |||
कालो बनेर घन आँसु तिमी | ::कालो बनेर घन आँसु तिमी रुलायो ॥ | ||
झिल्केन एक बिजुली पनि आँधि आयो । | |||
::यो दुष्ट हो छल भनी मनले लिनाले । | |||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
सम्झेर आँसुहरुले दिनरात रोएँ । | सम्झेर आँसुहरुले दिनरात रोएँ । | ||
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥ | ::औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥ | ||
यो इन्द्रजाल गहिरो विधिको मलाई । | यो इन्द्रजाल गहिरो विधिको मलाई । | ||
छोप्थ्यो तिमीकन रुलाउन | ::छोप्थ्यो तिमीकन रुलाउन हाइ ! हाइ !! | ||
{{pcn|(५८)}} | {{pcn|(५८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:28, 1 June 2025
रोई तिनी पनि थचक्क बसेर घूँ घूँ ।
रोइन्, बने उर खसेर उचालिँदा ती ॥
रोए त्यहाँ सकल मानव वेदनामा ।
टल्पल् गरेर जलमा दुइ देखिनाले ॥
(५३)
दोटै गला अब मिलेर भिजेर रुन्छन् ।
आत्मा छ बर्बर दुवै रसिला कणामा ?
सिद्धिन्छु झैं दुख दगुर्दछ शीघ्र चारु ।
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
(५४)
मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
"हा नाथ, के गरि बिते निठुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्झिनाले ।
यो प्राण आतुर उडेन कडा हुनाले ॥"
(५५)
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यो क्रूरता यदि सचेत भए म जल्थें ।
मूर्छा भएर म बचें विधिको टुनाले ॥
(५६)
यादै भएन तर विस्मृति ढाकिनाले ।
कालो बनेर घन आँसु तिमी रुलायो ॥
झिल्केन एक बिजुली पनि आँधि आयो ।
यो दुष्ट हो छल भनी मनले लिनाले ।
(५७)
सम्झेर आँसुहरुले दिनरात रोएँ ।
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
छोप्थ्यो तिमीकन रुलाउन हाइ ! हाइ !!
(५८)