Jump to content

Page:Ritubichar.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 15: Line 15:
{{pcn|२९}}
{{pcn|२९}}
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जय-हिण्डिम
घन्क्यो घनक्क सर्वत्र घामको जय-डिण्डिम


{{pcn|३०}}
{{pcn|३०}}
बन्यो मशान झैं शून्य तातेका दिनको स्थिति ।
बन्यो मशान झैँ शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥


Line 26: Line 26:


{{pcn|३२}}
{{pcn|३२}}
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैं हत गौरव ।
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैँ हत गौरव ।
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥



Latest revision as of 14:22, 24 May 2025

This page has been validated

२६
नष्ट भो घामले गर्दा हवाको शीतलो-पन ।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?

२७
बतास चल्दै-चल्दैन चलिहाल्यो भने पनि ।
उष्णताले शके-सम्म बलेको हुन्छ दन्दनी ॥

२८
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन ।
पसीना-रूपमा मस्ती गलायो लोकको किन ?

२९
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जय-डिण्डिम ॥

३०
बन्यो मशान झैँ शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥

३१
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा ।
देह-भन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥

३२
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैँ हत गौरव ।
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥

३३
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल ।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ?

३४
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन ।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥