Page:Ritubichar.pdf/12: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 18: | Line 18: | ||
{{pcn|५६}} | {{pcn|५६}} | ||
वसन्तले बुनी | वसन्तले बुनी आफैँ मिही पल्लव चादर । | ||
माथमा वनदेवीको चढायो कि मनोहर ? | माथमा वनदेवीको चढायो कि मनोहर ? | ||
{{pcn|५७}} | {{pcn|५७}} | ||
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी । | प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी । | ||
संसार जीवको रागी वासना | संसार जीवको रागी वासना झैँ थरी-थरी ॥ | ||
{{pcn|५८}} | {{pcn|५८}} | ||
Line 30: | Line 30: | ||
{{pcn|५९}} | {{pcn|५९}} | ||
कुनै राता, कुनै सेता, | कुनै राता, कुनै सेता, पहेँला भावका कुनै । | ||
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥ | कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥ | ||
Latest revision as of 11:54, 24 May 2025
५२
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी ॥
५३
हावाको चालमा सारा पराग गगनै-भरी ।
फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी ॥
५४
परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा ।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥
५५
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
झल्कन्छ वनमा मानू सुनको तपकै-सरी ॥
५६
वसन्तले बुनी आफैँ मिही पल्लव चादर ।
माथमा वनदेवीको चढायो कि मनोहर ?
५७
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी ।
संसार जीवको रागी वासना झैँ थरी-थरी ॥
५८
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक ।
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥
५९
कुनै राता, कुनै सेता, पहेँला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥
६०
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी ।
देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी ॥