Page:Lalitya bhag 1 ra 2.pdf/269: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
चक्कर लगायो, फिर अस्पटायो, अन्योल भो लाचार भो | चक्कर लगायो, फिर अस्पटायो, अन्योल भो लाचार भो | ||
::कछुवासरी भै डल्लो परी गो व्यामोह नै आधार भो | ::कछुवासरी भै डल्लो परी गो व्यामोह नै आधार भो । | ||
एतावता त्यो कालो गुफामा साह्रै जखडबन्द थियो | एतावता त्यो कालो गुफामा साह्रै जखडबन्द थियो | ||
::मार्यो हवाले धक्का अचानक, फेरि तलैतिर हुत्तियो | ::मार्यो हवाले धक्का अचानक, फेरि तलैतिर हुत्तियो ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
यै चालले नै बाङ्गो र टेढो विकराल भिर सब तय गर्यो | यै चालले नै बाङ्गो र टेढो विकराल भिर सब तय गर्यो | ||
::संथर सफा मैदानजस्तो परिपञ्जमा फिर त्यो झर्यो | ::संथर सफा मैदानजस्तो परिपञ्जमा फिर त्यो झर्यो । | ||
बिर्स्यो अघिको रस्ता उभिन्डो, ठक्कर भयङ्कर ती भुल्यो | बिर्स्यो अघिको रस्ता उभिन्डो, ठक्कर भयङ्कर ती भुल्यो | ||
::यसतै रहूँला, यस्तै थिएँ पो भन्ने सुखी सुरमा चल्यो | ::यसतै रहूँला, यस्तै थिएँ पो भन्ने सुखी सुरमा चल्यो ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
जाग्रत र सपना दुइटा किनारा, वासनामय टम्म भो | जाग्रत र सपना दुइटा किनारा, वासनामय टम्म भो | ||
::आशामयी सब लहरीहरुको सौन्दर्य उसमा गम्म भो | ::आशामयी सब लहरीहरुको सौन्दर्य उसमा गम्म भो । | ||
सुख-कल्पनाका फिर घुम्न थाले भुमरी निरन्तर फन्फनी | सुख-कल्पनाका फिर घुम्न थाले भुमरी निरन्तर फन्फनी | ||
::लीला सुरु भो दश जातका ती कलहंसको मनमोहिनी | ::लीला सुरु भो दश जातका ती कलहंसको मनमोहिनी ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
मिहिनेत-मिश्रित टन्टा हिलो सब देखिन्न उसमा भित्र छ | मिहिनेत-मिश्रित टन्टा हिलो सब देखिन्न उसमा भित्र छ | ||
::ऐश्वर्य-नामक पुष्पित कमलको जसमा झकाझक चित्र छ | ::ऐश्वर्य-नामक पुष्पित कमलको जसमा झकाझक चित्र छ । | ||
विस्तार हरहर हावा निरन्तर चल्दो छ श्वासोच्छ्वासको | विस्तार हरहर हावा निरन्तर चल्दो छ श्वासोच्छ्वासको | ||
::दह पर्छ बिचमा नीलो र कालो अपशोच, चिन्ता त्रासको | ::दह पर्छ बिचमा नीलो र कालो अपशोच, चिन्ता त्रासको ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:36, 18 May 2025
(४)
चक्कर लगायो, फिर अस्पटायो, अन्योल भो लाचार भो
कछुवासरी भै डल्लो परी गो व्यामोह नै आधार भो ।
एतावता त्यो कालो गुफामा साह्रै जखडबन्द थियो
मार्यो हवाले धक्का अचानक, फेरि तलैतिर हुत्तियो ॥
(५)
यै चालले नै बाङ्गो र टेढो विकराल भिर सब तय गर्यो
संथर सफा मैदानजस्तो परिपञ्जमा फिर त्यो झर्यो ।
बिर्स्यो अघिको रस्ता उभिन्डो, ठक्कर भयङ्कर ती भुल्यो
यसतै रहूँला, यस्तै थिएँ पो भन्ने सुखी सुरमा चल्यो ॥
(६)
जाग्रत र सपना दुइटा किनारा, वासनामय टम्म भो
आशामयी सब लहरीहरुको सौन्दर्य उसमा गम्म भो ।
सुख-कल्पनाका फिर घुम्न थाले भुमरी निरन्तर फन्फनी
लीला सुरु भो दश जातका ती कलहंसको मनमोहिनी ॥
(७)
मिहिनेत-मिश्रित टन्टा हिलो सब देखिन्न उसमा भित्र छ
ऐश्वर्य-नामक पुष्पित कमलको जसमा झकाझक चित्र छ ।
विस्तार हरहर हावा निरन्तर चल्दो छ श्वासोच्छ्वासको
दह पर्छ बिचमा नीलो र कालो अपशोच, चिन्ता त्रासको ॥