Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/268: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
आज्ञानका दुर्गम शिखरमा बेहद जमेको सर्वदा

::हिमराशि सञ्चित कर्मको भवितव्यता-वश पग्लँदा

प्रारब्धमय-निस्पन्द निस्क्यो मानस-सरोवरमा खस्यो

::भुमरी परी त्यो फिर फन्फनायो समभावना दृढ रङ्‌ बस्यो

{{pcn|(२)}}
{{pcn|(२)}}
सारा सरोवर समतुल्य भैगो, थाल्यो छचल्किन बेसरी

::चौतर्फी खलबल बग्दै त्यो लाखौँ  हजारौँ मुख गरी

जम्बा हुँदै सब कलनाऽऽनुसारी अवितर्क्य एकै धारमा

::पत्तै नपाई घुस्तै गयो त्यो विकराल मोह-द्वारमा

{{pcn|(३)}}
{{pcn|(३)}}
कालो भयङ्कर गर्भे गुफामा धसियो, घुस्यो अलमल्ल भो

::अलिबेर तेही अलमल्लमा नै अर्कै प्रभा झलमल्ल भो

आफू खसेको डण्डुर कालो ठाडो भयानक देखियो
आफू खसेको डण्डुर कालो ठाडो भयानक देखियो
::लाग्यो कहाली त्यो देखदामा सोला अत्याहटले दियो

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:36, 18 May 2025

This page has not been proofread
जीवन-नदी

(१)
आज्ञानका दुर्गम शिखरमा बेहद जमेको सर्वदा
हिमराशि सञ्चित कर्मको भवितव्यता-वश पग्लँदा ।
प्रारब्धमय-निस्पन्द निस्क्यो मानस-सरोवरमा खस्यो
भुमरी परी त्यो फिर फन्फनायो समभावना दृढ रङ्‌ बस्यो ॥

(२)
सारा सरोवर समतुल्य भैगो, थाल्यो छचल्किन बेसरी
चौतर्फी खलबल बग्दै त्यो लाखौँ हजारौँ मुख गरी ।
जम्बा हुँदै सब कलनाऽऽनुसारी अवितर्क्य एकै धारमा
पत्तै नपाई घुस्तै गयो त्यो विकराल मोह-द्वारमा ॥

(३)
कालो भयङ्कर गर्भे गुफामा धसियो, घुस्यो अलमल्ल भो
अलिबेर तेही अलमल्लमा नै अर्कै प्रभा झलमल्ल भो ।
आफू खसेको डण्डुर कालो ठाडो भयानक देखियो
लाग्यो कहाली त्यो देखदामा सोला अत्याहटले दियो ॥