Page:Shakuntala.pdf/243: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
लगाउँछन् फूल चुनेर रङ्ग । | लगाउँछन् फूल चुनेर रङ्ग । | ||
थुँगा हलूका रमणीय | ::थुँगा हलूका रमणीय ढङ्ग ॥ | ||
काला लतामा प्रकृत प्रभाव । | काला लतामा प्रकृत प्रभाव । | ||
फुलेर हाँस्दासरि चारुभाव ॥ | ::फुलेर हाँस्दासरि चारुभाव ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
प्रसूनको लाल धुलो | प्रसूनको लाल धुलो कुटेको । | ||
पत्ती सुकाईकन घामभित्र ॥ | ::पत्ती सुकाईकन घामभित्र ॥ | ||
सरक्क पारेर पुछी लगाई । | सरक्क पारेर पुछी लगाई । | ||
छन् फूल | ::छन् फूल झैं शैशिर काललाई ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
सलक्क राम्री | सलक्क राम्री सुकुमार बान्की । | ||
सिँगारले सुन्दर झल्किएकी ॥ | ::सिँगारले सुन्दर झल्किएकी ॥ | ||
परीहरूका परिधान पाई । | परीहरूका परिधान पाई । | ||
उड्छिन् कि | ::उड्छिन् कि झैं छन् घर जानलाई ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी । | खाना थोरै सजल दृगले कण्वको सामु खाँदी । | ||
::'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥ | |||
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी । | प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी । | ||
मेघाच्छन्ना हृदय | ::मेघाच्छन्ना हृदय अब छन् चम्किँदी भूषणादि ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन । | बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन । | ||
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥ | ::चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥ | ||
झन् झन् चीसा | झन् झन् चीसा दृग युगल छन् मेघ आएर छोपी । | ||
झन् झन् नीलो गगन | ::झन् झन् नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
औंठी लाइन् जब त सखिले चट्ट तानेर औंला । | |||
राम्रो बान्की सरल | ::राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥ | ||
मीठो | मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई । | ||
सर्सर् गर्दै पुलक हुन गै | ::सर्सर् गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:43, 18 May 2025
लगाउँछन् फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढङ्ग ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)
प्रसूनको लाल धुलो कुटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन् फूल झैं शैशिर काललाई ॥
(४०)
सलक्क राम्री सुकुमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन् कि झैं छन् घर जानलाई ॥
(४१)
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अब छन् चम्किँदी भूषणादि ॥
(४२)
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन् झन् चीसा दृग युगल छन् मेघ आएर छोपी ।
झन् झन् नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥
(४३)
औंठी लाइन् जब त सखिले चट्ट तानेर औंला ।
राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥
मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर् गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥
(४४)