Page:Tarun tapasi.pdf/121: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
उता द्यौता हाँसे सब मनुजका पालक बनी | उता द्यौता हाँसे सब मनुजका पालक बनी | ||
::यता हाँसे दुःखी मनुज बिचरा बालक बनी । | ::यता हाँसे दुःखी मनुज बिचरा बालक बनी । | ||
बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो | बिचैमा त्यो हाँस्यो जिनतिन कठै ! धर्म बिचरो | ||
::धकेल्दै उस्लाई हिलिलिलि | ::धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
अँठ्याई अर्काको | अँठ्याई अर्काको सहज-सुख वा जीवन-विधि | ||
::सुखी हूँला भन्ने कटु समझले दूषित गिदी । | ::सुखी हूँला भन्ने कटु समझले दूषित गिदी । | ||
जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र | जथाभावी हाँस्यो हिलिलिलि, कठै ! सत्य र नियाँ | ||
::कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥ | ::कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको | महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको | ||
::प्रतिस्पर्धा हाँस्यो छल, कपटको | ::प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धि-बलको । | ||
बडो झर्को लाग्दो रगडमय चर्को खलबली | बडो झर्को लाग्दो रगडमय चर्को खलबली | ||
::झिकी हाकाहाकी | ::झिकी हाकाहाकी रण-रहर हाँस्यो हिलिलिली ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
Line 26: | Line 26: | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
बनी जाली पक्री | बनी जाली पक्री प्रकृति-सुखको सुन्दर गला | ||
::पुँजी जम्बा गर्ने नियम अथवा | ::पुँजी जम्बा गर्ने नियम अथवा सञ्चय-कला । | ||
मिहीँ खित्का छोडी गजबसित हाँस्यो मनुजमा | |||
::जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥ | ::जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥ | ||
Line 35: | Line 35: | ||
::उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती । | ::उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती । | ||
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी | यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी | ||
::उता हाँस्यो नङ्गा | ::उता हाँस्यो नङ्गा मरण-तिथि साथै भुटभुटी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:13, 19 June 2025
२१
उता द्यौता हाँसे सब मनुजका पालक बनी
यता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै ! धर्म बिचरो
धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥
२२
अँठ्याई अर्काको सहज-सुख वा जीवन-विधि
सुखी हूँला भन्ने कटु समझले दूषित गिदी ।
जथाभावी हाँस्यो हिलिलिलि, कठै ! सत्य र नियाँ
कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥
२३
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धि-बलको ।
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
झिकी हाकाहाकी रण-रहर हाँस्यो हिलिलिली ॥
२४
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको
चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको ।
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा
सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥
२५
बनी जाली पक्री प्रकृति-सुखको सुन्दर गला
पुँजी जम्बा गर्ने नियम अथवा सञ्चय-कला ।
मिहीँ खित्का छोडी गजबसित हाँस्यो मनुजमा
जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥
२६
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती
उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
उता हाँस्यो नङ्गा मरण-तिथि साथै भुटभुटी ॥