Jump to content

Page:Tarun tapasi.pdf/120: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


{{pcn|१६}}
{{pcn|१६}}
जवानीका साथै प्रिय वरबधूका हृदयको
जवानीका साथै प्रिय वर-बधूका हृदयको
::खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको ।
::खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको ।
हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्यसुखको
हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्य-सुखको
::कठै त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ?
::कठै ! त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ?


{{pcn|१७}}
{{pcn|१७}}
हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु
हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु
::सबै हाँस्तै आये सुखसयलका साधनहरू ।
::सबै हाँस्तै आये सुख-सयलका साधनहरू ।
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमितपाईंहजुरम
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमि-तपाईं-हजुर-म
::सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म' ॥
::सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म' ॥


{{pcn|१८}}
{{pcn|१८}}
ठुलो हाँ हाँ साथै विषयममतामा ढलिमली
ठुलो हाँ हाँ साथै विषय-ममतामा ढलिमली
::गरी नाता हाँस्यो रगतपसिनामा मिलिजुली ।
::गरी नाता हाँस्यो रगत-पसिनामा मिलिजुली ।
तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी
तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी
::घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्तिभुमरी
::घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्ति-भुमरी


{{pcn|१९}}
{{pcn|१९}}
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी
::बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी ।
::बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी ।
तिनैको त्यै भित्री प्रणयरस वा तृप्तिसुखमा
तिनैको त्यै भित्री प्रणयरस वा तृप्ति-सुखमा
::भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा ॥
::भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा ॥


{{pcn|२०}}
{{pcn|२०}}
कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
::कतै निल्नै गाह्रो मलिन मडुवाफापरपिठो
::कतै निल्नै गाह्रो मलिन मडुवा-फापर-पिठो
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति
::घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥
::घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:41, 18 June 2025

This page has been validated

१५
चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा
खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा ।
पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी
जवानी झन् हाँस्यो मुसुमुसु 'म को हूँ चिन' भनी ॥

१६
जवानीका साथै प्रिय वर-बधूका हृदयको
खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको ।
हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्य-सुखको
कठै ! त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ?

१७
हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु
सबै हाँस्तै आये सुख-सयलका साधनहरू ।
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमि-तपाईं-हजुर-म
सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म' ॥

१८
ठुलो हाँ हाँ साथै विषय-ममतामा ढलिमली
गरी नाता हाँस्यो रगत-पसिनामा मिलिजुली ।
तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी
घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्ति-भुमरी ॥

१९
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी
बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी ।
तिनैको त्यै भित्री प्रणयरस वा तृप्ति-सुखमा
भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा ॥

२०
कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
कतै निल्नै गाह्रो मलिन मडुवा-फापर-पिठो ।
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति
घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥