Jump to content

Page:Tarun tapasi.pdf/104: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


{{pcn|२८}}
{{pcn|२८}}
कतै छन् स्वर्गङ्गाजलरचित छाँगा र छहरा
कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा
::कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।
::कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।
कतै अग्ला ज्योतिर्मय मणिशिलाशैल हँसिला
कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला
::कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥
::कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥


Line 16: Line 16:
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
जमायेको जस्तो उस नगरको अद्‌भुत छवि
::कलम्द्वारा सारा लिन कसरि शक्ला कुन कवि ?
::कलम्‌द्वारा सारा लिन कसरि शक्ला कुन कवि ?


{{pcn|३०}}
{{pcn|३०}}
Line 26: Line 26:


{{pcn|३१}}
{{pcn|३१}}
बगेकी चौतर्फी कलकल सदा शान्तिसरिता
बगेकी चौतर्फी कलकल सदा शान्ति-सरिता
::हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।
::हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
::फुकेको फक्रेको सुरभि फुल झैं कल्पतरुको ॥
::फुकेको फक्रेको सुरभि फुल झैँ कल्पतरुको ॥


{{pcn|३२}}
{{pcn|३२}}
दया, मैत्री, श्रद्धा, प्रणयरसले शीतल सब
दया, मैत्री, श्रद्धा, प्रणय-रसले शीतल सब
::सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।
::सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।
सबै मर्यादा वा विधिनियमको पालन गरी
सबै मर्यादा वा विधि-नियमको पालन गरी
::रमायेका दैवी विषयसुखमा निर्जर सरी ॥
::रमायेका दैवी विषय-सुखमा निर्जर सरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:12, 17 June 2025

This page has been validated

२७
झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी ।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला ॥

२८
कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।
कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥

२९
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
जमायेको जस्तो उस नगरको अद्‌भुत छवि
कलम्‌द्वारा सारा लिन कसरि शक्ला कुन कवि ?

३०
जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा ।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण ?

३१
बगेकी चौतर्फी कलकल सदा शान्ति-सरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैँ कल्पतरुको ॥

३२
दया, मैत्री, श्रद्धा, प्रणय-रसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।
सबै मर्यादा वा विधि-नियमको पालन गरी
रमायेका दैवी विषय-सुखमा निर्जर सरी ॥