Page:Tarun tapasi.pdf/85: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको । | ::अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको । | ||
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी | उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी | ||
::तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि हरि | ::तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि ! हरि !! | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
कठै कस्ता कस्ता पुरुषहरु | कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिला | ||
::नजान्नाले भित्री गहन तमको | ::नजान्नाले भित्री गहन तमको भेदन-कला । | ||
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा | जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा | ||
::गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥ | ::गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥ | ||
Line 17: | Line 17: | ||
::तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी । | ::तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी । | ||
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली | घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली | ||
::तँ | ::तँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ? | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी | म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी | ||
::हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी । | ::हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी । | ||
खतम् भैगो उस्को पिलिपिलिसँगै | खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला | ||
:: | ::गर्यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
यति भनि तपसीले | यति भनि तपसीले सूक्ति-निस्यन्द थामे | ||
:: | ::कर-कमल उठाई आफनै माथ छामे । | ||
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो | मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो | ||
::हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥ | ::हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 21:33, 15 June 2025
२४
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि ! हरि !!
२५
कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिला
नजान्नाले भित्री गहन तमको भेदन-कला ।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥
२६
म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी ।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ?
२७
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी ।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला
गर्यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥
२८
यति भनि तपसीले सूक्ति-निस्यन्द थामे
कर-कमल उठाई आफनै माथ छामे ।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥