Page:Tarun tapasi.pdf/84: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
फुका बाबू भित्री | फुका बाबू ! भित्री किरण-गठरी त्यो सब फुका | ||
::फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका । | ::फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका । | ||
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा | धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा | ||
::हटा मैलो पर्दा, | ::हटा मैलो पर्दा, विजय-सुखको दुन्दुभि बजा ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
कुनै गर्जोस् कालो घन | कुनै गर्जोस् कालो घन घन-घटा, कत्ति नडरेस् | ||
::कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् । | ::कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् । | ||
स्वयं दल्दै मल्दै कठिन | स्वयं दल्दै मल्दै कठिन पिर-बाधा सब भगा | ||
::अली चर्को पारी मधुर छविको दीपक जगा ॥ | ::अली चर्को पारी मधुर छविको दीपक जगा ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
खुलायिस् यो मेरो नयन जुन | खुलायिस् यो मेरो नयन जुन आलोक-लवले | ||
::म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले । | ::म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले । | ||
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा | सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा | ||
::तँ | ::तँ झैँ बढ्दै जाऊन् अनवरत कर्तव्य-पथमा ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
Line 27: | Line 27: | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली | प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली | ||
::तँ फुक्तै जा भित्री | ::तँ फुक्तै जा भित्री श्रवण-बिच चैतन्य-मुरली । | ||
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस् | सदा अन्धो पारी गहन तमले विश्व ननिलोस् | ||
::म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥ | ::म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥ |
Latest revision as of 21:29, 15 June 2025
१८
फुका बाबू ! भित्री किरण-गठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजय-सुखको दुन्दुभि बजा ॥
१९
कुनै गर्जोस् कालो घन घन-घटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् ।
स्वयं दल्दै मल्दै कठिन पिर-बाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा ॥
२०
खुलायिस् यो मेरो नयन जुन आलोक-लवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले ।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैँ बढ्दै जाऊन् अनवरत कर्तव्य-पथमा ॥
२१
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी ।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥
२२
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवण-बिच चैतन्य-मुरली ।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥
२३
अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी ।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥