Jump to content

Page:Tarun tapasi.pdf/77: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
::अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी ।
::अहो ! त्यस्तो कालो विनिमय-कला सिर्जन गरी ।
खिचातानी गर्दै फगत पसिनाको पल पल
खिचातानी गर्दै फगत पसिनाको पल पल
::हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥
::हरे ! अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥


{{pcn|१६}}
{{pcn|१६}}
चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी
चमत्कारी प्रज्ञा-बलतिर कुनै ख्याल नगरी
::कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी ।
::कसी त्यस्तो पैसाउपर ममता-ग्रन्थि त्यसरी ।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?
::कठै यस्को भित्री नयन किन तेसै धमिलियो ?
::कठै ! यस्को भित्री नयन किन तेसै धमिलियो ?


{{pcn|१७}}
{{pcn|१७}}
Line 20: Line 20:


{{pcn|१८}}
{{pcn|१८}}
जगत्मा पैसाले विनिमयकला खूब सजिलो
जगत्‌मा पैसाले विनिमय-कला खूब सजिलो
::भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।
::भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
::खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा
::खडा हुन्छन् यद्वा जुग जुग ठुला झेल-बखडा


{{pcn|१९}}
{{pcn|१९}}
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
::विवेकज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।
::विवेक-ज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
विषालू पैसाले सकल दुनियाँ पागल सरी
::बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि
::बनाई पार्ने भो नरकमय पृथ्वी, हरि ! हरि !!


{{pcn|२०}}
{{pcn|२०}}
जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो
जसै यो पैसाको नयन-युगमा जम्दछ फुलो
::अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।
::अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको

Latest revision as of 14:51, 15 June 2025

This page has been validated

१५
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
अहो ! त्यस्तो कालो विनिमय-कला सिर्जन गरी ।
खिचातानी गर्दै फगत पसिनाको पल पल
हरे ! अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥

१६
चमत्कारी प्रज्ञा-बलतिर कुनै ख्याल नगरी
कसी त्यस्तो पैसाउपर ममता-ग्रन्थि त्यसरी ।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?
कठै ! यस्को भित्री नयन किन तेसै धमिलियो ?

१७
क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
सबै स्वाहा पारी पल पल बढाई विषमता ।
पियारो यै पैसा अति कठिन हालाहलमय
बनी संसारैको पछि सहज गर्ला कि विलय ?

१८
जगत्‌मा पैसाले विनिमय-कला खूब सजिलो
भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
खडा हुन्छन् यद्वा जुग जुग ठुला झेल-बखडा ॥

१९
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
विवेक-ज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
बनाई पार्ने भो नरकमय पृथ्वी, हरि ! हरि !!

२०
जसै यो पैसाको नयन-युगमा जम्दछ फुलो
अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको ॥